Wednesday, March 4, 2026
spot_imgspot_img
Homeराष्ट्रियबाँके–३ मा एमालेभित्र असन्तुष्टि, दलित अगुवा भेलामा किन आएनन् सुनार

बाँके–३ मा एमालेभित्र असन्तुष्टि, दलित अगुवा भेलामा किन आएनन् सुनार

बाँके, माघ २४ । बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) भित्र आन्तरिक असन्तुष्टि चुलिँदै गए पनि दलित अगुवाहरूले भने एमाले उम्मेदवार सुमन मल्ललाई विजयी गराउन एकजुट हुने घोषणा गरेका छन्।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको आयोजनामा शनिबार खजुरामा सम्पन्न दलित अगुवाहरूको भेलाले दलित समुदायको हक, अधिकार र एजेण्डा एमाले नेतृत्वमा मात्रै अघि बढ्न सक्ने निष्कर्ष निकाल्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार मल्ललाई सहयोग गर्न अपिल गरेको ह
भेलामा मुक्ति समाज केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष नन्द विश्वकर्माले दलित समुदायका सवालमा एमालेले स्पष्ट नीति लिएको दाबी गर्दै आसन्न निर्वाचनमा दलित समुदायको रोजाइ एमाले भएको बताए। यस्तै, खजुरा गाउँपालिकाकी पूर्व उपाध्यक्ष एकमाया विकले क्षेत्र नम्बर ३ का दलित समुदाय एमाले उम्मेदवारलाई जिताउन एकजुट भइसकेको उल्लेख गरिन्।
कार्यक्रममा क्षेत्र नम्बर ३ का विभिन्न वडाबाट दलित अगुवाहरूको सहभागिता रहेको मुक्ति समाज बाँकेका अध्यक्ष लिलबहादुर नेपालीले जानकारी दिए।
यसैबीच, नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य, संविधानसभा सदस्य तथा पूर्वमन्त्री दल बहादुर सुनारलाई टिकट नदिइएपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ। बाँके क्षेत्र नम्बर ३ का लागि जिल्ला र क्षेत्रीय कमिटीबाट एकल रूपमा सिफारिस भएका सुनारको अन्तिम समयमा टिकट खोसिएपछि एमालेभित्र दुई खेमा बनेको बताइएको छ।
नाम उल्लेख नगर्ने सर्तमा एमालेका एक नेताका अनुसार अन्तिम टिकट वितरणअघि जसपाबाट इश्तियाक राई एमाले प्रवेश गरी चुनाव लड्ने पक्का भएपछि राईको दबाबमा सुनारको टिकट काटिएको हो। यस घटनापछि एमाले बाँके–३ भित्र आन्तरिक द्वन्द्व सुरु भएको छ।
दलित अगुवाहरूको समर्थन सार्वजनिक भइरहँदा पार्टीभित्रको असन्तुष्टि चुनावी परिणाममा कस्तो असर पार्ने हो भन्ने चासो बढेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments