Wednesday, March 4, 2026
spot_imgspot_img
Homeराष्ट्रियबाँके–३ मा अमर पुनको पक्षमा रेग्मीले गरे समर्थन

बाँके–३ मा अमर पुनको पक्षमा रेग्मीले गरे समर्थन

बाँके । बाँके निर्वाचन क्षेत्र नं. ३ मा नेपाली काङ्ग्रेसका आधिकारिक उम्मेदवार अमर सिंह पुनको विजय सुनिश्चित गर्न सोही क्षेत्रका स्वतन्त्र उम्मेदवार सूर्य रेग्मीले आजदेखि समर्थन अभियान सुरु गर्नुभएको छ।
स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दिएका रेग्मीले अब स्वतन्त्र रूपमा कुनै पनि प्रकारको प्रचार–प्रसार नगर्ने र नेपाली काङ्ग्रेसलाई नै विजयी गराउने अभियानमा सक्रिय रहने निर्णय गर्नुभएको हो। उहाँले अमर सिंह पुनको नेतृत्व, कार्यक्षमता र काङ्ग्रेसको नीति–सिद्धान्तप्रति विश्वास व्यक्त गर्दै समर्थन जनाउनुभएको बताइएको छ।
नेपाली काङ्ग्रेस निकट तरुण दलका नेता केशर खड्काका अनुसार रेग्मीले काङ्ग्रेस उम्मेदवार पुनलाई समर्थन गर्ने औपचारिक घोषणा गर्दै चुनावी अभियानमा एकताबद्ध भएर लाग्ने प्रतिबद्धता जनाउनुभएको हो। खड्काले यो समर्थनले बाँके–३ मा काङ्ग्रेसको जनमत थप बलियो हुने विश्वास व्यक्त गर्नुभयो।
स्थानीय स्तरमा राम्रो पकड राख्ने रेग्मीको समर्थनपछि काङ्ग्रेस कार्यकर्ता तथा समर्थकहरू उत्साहित भएका छन्। चुनाव नजिकिँदै जाँदा बाँके क्षेत्र नं. ३ मा चुनावी सरगर्मी बढ्दै गएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments