Wednesday, March 4, 2026
spot_imgspot_img
Homeराष्ट्रियबाँके–१ मा काँग्रेसको उत्साह, रुख चिन्हमै मतदानको माहोल

बाँके–१ मा काँग्रेसको उत्साह, रुख चिन्हमै मतदानको माहोल

बाँके — बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा करिब एक दशकपछि रुख चिन्हमा मतदान गर्न पाउने वातावरण बनेसँगै नेपाली कांग्रेसको चुनावी अभियान थप उत्साहजनक बनेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काँग्रेसले पार्टी सभापति नारायण प्रसाद गौडेललाई उम्मेदवारका रूपमा चुनावी मैदानमा उतारेको छ।
३० वडा समेटिएको यस क्षेत्रमा काँग्रेसले सबै वडामा प्रचारप्रसार कार्यालय स्थापना गरिसकेको छ। घरदैलो अभियानदेखि टोलस्तरीय अन्तरक्रिया, युवा तथा महिला भेला, किसानसँगको संवादलगायत कार्यक्रमहरू तीव्र रूपमा सञ्चालन भइरहेका छन्।
काँग्रेसको चुनावी अभियानबारे जानकारी दिँदै क्षेत्रीय सभापति पोषण केसीले यसपटक जनताको चाहना स्पष्ट देखिएको बताए। “स्थायित्व, सुशासन र विकासका लागि जनताले रुख चिन्हमै मतदान गर्ने मनस्थिति बनाइसकेका छन्,” उनले भने।
पार्टीभित्र टिकटको प्रतिस्पर्धा स्वाभाविक भए पनि पार्टी निर्णय सबैका लागि स्वीकार्य हुने स्पष्ट पार्दै केसीले व्यक्तिगत आकांक्षाभन्दा पार्टी र लोकतन्त्र ठूलो भएको बताए। उनका अनुसार नारायण गौडेल लामो समयदेखि जनताको सेवामा सक्रिय र लोकप्रिय नेता भएकाले कार्यकर्ता थप उत्साहित भएका छन्।
करिब १० वर्षपछि रुख चिन्हमा मतदान गर्न पाउने अवसर पाउँदा जनतामा विशेष उत्साह देखिएको छ। यसअघि गठबन्धनका कारण अन्य चिन्हमा मतदान गर्न बाध्य भएका मतदाताले अब काँग्रेसलाई प्रत्यक्ष अवसर दिनुपर्ने धारणा व्यक्त गरिरहेका छन्। विगतका निर्वाचित प्रतिनिधिहरूको कार्यसम्पादनप्रति असन्तुष्टि बढेकाले पनि काँग्रेसप्रति विश्वास फर्किएको केसीको भनाइ छ।
जनताका मुख्य माग रोजगारी सिर्जना, कृषि विकास, सिँचाइ, सडक पूर्वाधार, शिक्षा र स्वास्थ्य सेवाको सुधार रहेको उनले बताए। युवा विदेशिनुपर्ने बाध्यता अन्त्य, किसानका लागि मल–बीउको सहज उपलब्धता र उत्पादनको उचित मूल्य, साथै दलित, महिला, थारु समुदाय, भूमिहीन तथा सुकुम्बासीका मुद्दा प्रमुख एजेन्डाका रूपमा उठिरहेका छन्।
केसीका अनुसार लोकतन्त्रको रक्षा, संविधान निर्माण र समावेशी विकासमा ऐतिहासिक भूमिका खेलेको नेपाली काँग्रेससँगै देशलाई स्थायित्व र सुशासन दिन सक्ने क्षमता छ। त्यसैले बाँके क्षेत्र नं. १ को दिगो विकास र समृद्धिका लागि रुख चिन्हमा मतदान गरी काँग्रेसलाई जिताउनु अपरिहार्य रहेको उनको निष्कर्ष छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments