Monday, March 9, 2026
spot_imgspot_img
Homeयुनिक गतिबिधिनाट्टा बाँकेद्वारा ३० जनालाई हस्पिटालिटी तालिम सम्पन्न

नाट्टा बाँकेद्वारा ३० जनालाई हस्पिटालिटी तालिम सम्पन्न

नेपालगन्ज : होटल, रेस्टुरेन्ट, ट्राभल तथा मनोरञ्जन क्षेत्रमा कार्यरत फ्रन्टलाइन कर्मचारीहरूको सेवा दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित नाट्टा बाँके च्याप्टरले आयोजना गरेको हस्पिटालिटी (आतिथ्य) तालिम नेपालगन्जमा सम्पन्न भएको छ ।
नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीको सभाध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रमुख अतिथि पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ रहनुभएको थियो । कार्यक्रममा होटल व्यवसायी महासंघ बाँके नेपालगन्जका उपाध्यक्ष विष्णु प्रसाद पोख्रेल, सह–कोषाध्यक्ष घनश्याम शर्मा, नाट्टा बाँके च्याप्टरका उपाध्यक्ष झविलाल शर्मा, प्रेस सल्लाहकार झलक गैरेलगायतको उपस्थिति थियो ।
तालिममा प्रशिक्षक सुभम पौडेल र सचिन श्रेष्ठले आधुनिक हस्पिटालिटी सेवा, ग्राहक व्यवस्थापन तथा अन्तर्राष्ट्रिय मापदण्डसम्बन्धी व्यवहारिक सीप प्रदान गरेका थिए । सहभागीहरूले तालिमले सेवा गुणस्तर सुधारमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा ३० जना सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो भने प्रशिक्षकहरूलाई सम्मानसहित मायाको चिनो प्रदान गरिएको थियो । होटल तथा रेस्टुरेन्टबाट १८, ट्राभलबाट १० र फनपार्कबाट २ जना सहभागी रहेका थिए । सहभागीमध्ये १५ महिला र १५ पुरुष थिए ।
नाट्टा बाँके च्याप्टरका महासचिव भागिराम ओलीका अनुसार तालिमले होटल तथा पर्यटन व्यवसायमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रवाह गर्न मद्दत गर्नेछ । समापन समारोहमा पर्यटन प्रवर्द्धनका लागि नाट्टाले निरन्तर यस्ता तालिम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments