Wednesday, March 4, 2026
spot_imgspot_img
Homeसमाजशिक्षानमूनाको १९ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

नमूनाको १९ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

बाँके, कोहलपुर – नमुना विद्या सदन माध्यमिक विद्यालय ले आफ्नो १९ औँ वार्षिकोत्सव बुधबार विविध शैक्षिक तथा सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयका संस्थापक तथा कार्यक्रमका सभाध्यक्ष शिव प्रसाद डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रमले कोहलपुर क्षेत्रमा शिक्षा क्षेत्रको उत्साह र सक्रियता झल्काएको थियो।
कार्यक्रममा वडा अध्यक्ष लाल बहादुर राना प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने कार्यपालिका सदस्य अनिता बि.सी., शिक्षा शाखा प्रमुख रबिलाल मिजार, निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (प्याब्सन) का प्रतिनिधिहरू, विभिन्न विद्यालयका शैक्षिक व्यक्तित्व, अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको प्रधानाध्यापक सुदन गुरुङले जानकारी दिनुभयो।

प्रमुख अतिथि रानाले विद्यालयले कोहलपुर क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै स्थानीय सरकारको “शैक्षिक हब कोहलपुर” बनाउने लक्ष्यमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो। उहाँले निजी विद्यालयहरूले शिक्षाको गुणस्तर उकास्न, अनुशासन कायम गर्न र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।
उहाँले सामुदायिक र निजी विद्यालयबीच सहकार्यको वातावरण सिर्जना गर्दै समग्र शैक्षिक सुधारतर्फ अघि बढ्नुपर्ने धारणा समेत राख्नुभयो।

वार्षिकोत्सवको अवसरमा आयोजित विज्ञान प्रदर्शनीमा विद्यार्थीहरूले वातावरण संरक्षण, वैकल्पिक ऊर्जा, प्रविधि प्रयोग, कृषि नवप्रवर्तन लगायतका विषयमा तयार पारेका विभिन्न मोडेल तथा परियोजना प्रस्तुत गरेका थिए। प्रदर्शनीले विद्यार्थीहरूको प्रयोगात्मक सिकाइ, अनुसन्धान क्षमता र आत्मविश्वास झल्काएको थियो।
फोटो ग्यालरी प्रदर्शनीमार्फत विद्यालयको १९ वर्षे शैक्षिक यात्रा, विभिन्न उपलब्धि, पुरस्कार तथा अतिरिक्त क्रियाकलापका झलकहरू प्रस्तुत गरिएको थियो।कार्यक्रममा नेपाली लोकसंस्कृति झल्किने पौराणिक तथा सांस्कृतिक नृत्य, गीत, नाटक तथा विविध सांस्कृतिक प्रस्तुति राखिएको थियो। विद्यार्थीहरूको प्रस्तुति दर्शकले निकै रुचाएका थिए।
फुड फेस्टिबल कार्यक्रमले विद्यार्थीहरूमा उद्यमशील सोच, समूहकार्य, व्यवस्थापन क्षमता र व्यवहारिक ज्ञान विकासमा सहयोग पुर्‍याएको विद्यालय प्रशासनले जनाएको छ।

शैक्षिक, खेलकुद, अनुशासन तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो। यसले विद्यार्थीहरूमा अझ राम्रो प्रदर्शन गर्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।
प्रमुख अतिथि लगायत अन्य पाहुनाहरूलाई विद्यालयका संस्थापक शिव प्रसाद डाँगीले मायाको चिनो प्रदान गर्नुभएको थियो।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष डाँगीले विद्यालयले आगामी दिनमा प्रविधिमैत्री, व्यवहारिक र जीवनोपयोगी शिक्षालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले अभिभावक, शिक्षक र विद्यार्थीहरूको सहकार्यबाट विद्यालयले निरन्तर प्रगति गर्दै आएको उल्लेख गर्नुभयो।
१९ वर्षको यात्रामा नमुना विद्या सदन माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर, अनुशासन, अतिरिक्त क्रियाकलाप, सामाजिक उत्तरदायित्व तथा प्रतिस्पर्धात्मक उपलब्धिका क्षेत्रमा महत्वपूर्ण पहिचान बनाउन सफल भएको सहभागीहरूले बताएका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments