बाँके:नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारका दीपक जिएम लाई जिताउनका लागी बाँके क्षेत्र नं ३ का दलित अगुवाहरू नेकपामा समाहित हुने क्रम बढेको छ । सोही क्रममा खजुरा वडा नम्बर ५ का नेकपा एमालेका गोबरे चमार, गङा सागर चमार, चोङ्गे चमार , भगवती चमार लगायतका दलित अगुवाहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन । नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएपछि बोल्दै गोवरे चमारले समावेशी प्रतिनिधित्व सहित दलित अधिकारका लागी लड्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी आएकाले आफूहरू यस पार्टीमा समाहित भएको बताए । उनले बिभिन्न भ्रममा परेका दलित समुदाय लाई नेकपामा समाहित भएर बाँके ३ बाट दीपक जि.एम. लाई जिताउनका लागी तारा चिन्हमा मतदान गर्न अपिल गरे । दोस्रो दर्जाका नागरिकका रुपमा हेरिने दलित लगायत तराई दलितहरू बिभिन्न भ्रम र प्रलोभनमा परेर बिभिन्न पार्टीमा लागेको भन्दै अव भ्रम र प्रलोभनमा नपर्नआग्रह गरे । समाजमा भिजेका , स्थानीय र समाजिक व्यक्तित्वका रुपमा दीपक जि.एम उम्मेदवार लाई उम्मेदवारको रुपमा अगाडि सारेपछि बाँके ३ मा नेकपाको पक्षमा जनमत बलियो बन्दै गएको गएको छ । दीपक जि.एम.ले आफू पाहुना उम्मेदवार नभएर बाँके ३ का जनता र यस माटोको सेवा गर्न उम्मेदवारका रुपमा आएको बताउँदै आएका छन । उनले आफू लाई उमेदवारका रुपमा भन्दा यस क्षेत्रको छोराको रुपमा हेरेर तारा चिन्हमा मतदान गरिदिन अपिल गरेका छन ।


