Thursday, February 6, 2025
spot_imgspot_img
Homeसमाजजो १६ लाख तिरेर महिला बनिन्

जो १६ लाख तिरेर महिला बनिन्

कोहलपुर नगरपालिका ४ की २३ वर्षीया जेसिका खडकाले भने बेलायती सांसदको नजिरलाई पनि तोडेकी छन् । उनी जीवनबाट जेसिका बनेकी छन् । तर जेसिका बन्न उनलाई कम्ति पैसा खर्च गर्नु परेन । थाईलेन्ड पुगेर १० लाख भारु १६ लाख नेपालीमा उनले जेन्डर परिवर्तन गरेकी छन् ।

facebook sharing button
messenger sharing button

 

नेपालगन्ज— बेलायती सांसद बारे संसारभरी प्रख्यात भनाई छ—उनीहरुले पुरुषलाई महिला र महिलालाई पुरुष बनाउँन सक्दैनन् । बाँकी सबै कुरा सम्भव छ । तर कोहलपुर नगरपालिका ४ की २३ वर्षीया जेसिका खडकाले भने बेलायती सांसदको नजिरलाई पनि तोडेकी छन् । उनी जीवनबाट जेसिका बनेकी छन् । तर जेसिका बन्न उनलाई कम्ति पैसा खर्च गर्नु परेन । थाईलेन्ड पुगेर उनले १० लाख भारु ९१६ लाख नेपाली० मा उनले जेन्डर परिवर्तन गरेकी छन् । परिवारले साथ दिए र सम्भव भयो जेसिका बन्न । केही संस्थाले पनि उनलाई सघाए ।

 

यो अवस्थासम्म आईपुग्न कम्ति मानसिक तनाव झेल्नु परेको छैन । तीन वर्षअघि उनी जीवन खडका भनेर चिनिन्थे । भित्रि मनले महिला बन्ने रहर । तर सामाजिक बाध्यता थियो । भित्रि इच्छा दबाएरै बसे । तर दबाएर कतिन्जेल बस्न सक्ने रु ‘हाल म जेसिका खडकाले चिनिन् थालेकी छु,’ कोहलपुर नगरपालिका ४ की २२ वर्षीया सुन्दरी खुलिन । सानै छँदा बुबा÷आमा बिते । माया गर्ने भेटिएनन् । बिद्यालय जान्थे । शारिरीक स्वभाव महिलाको जस्तो थियो । साथीभाईहरुले मजाकमा उडाउँथे । उनको आत्माबल कमजोर बन्थ्यो । तर बिद्यालयमा हुने सांस्कृतिक कार्यक्रममा भने चर्चा उनकै थियो ।

कारण— डान्सर । हरेक गीतमा नाच्थिन । दर्शकहरु नाचको प्रशंसा गर्थे । केटी बनेर नाच्न पाउँदा उनी हुरुक्कै हुन्थिन । ‘सानै उमेरदेखि मेरो केटी बन्ने चाहना थियो । सांस्कृतिक कार्यक्रमले त्यो जुराउँथ्यो,’ उनले मनको बहा पोखिन,‘समान्य अवस्थामा महिला बनेर हिड्न समस्या हुन्थ्यो । तर सांस्कृतिक कार्यक्रममा भने महिला बन्न छुट थियो ।’ कलाले लैगिक विभेद स्वीकार्दैन ।
जान्ने भएदेखि जेसिका बनेर नखुल्दासम्म लामो समय उनी उकुसमुकुसमै बिताईन । इच्छा दबाएर बाँचिन । अन्तरआत्माले महिला बन्ने सपना पूरा नहुँदा एक्लै रुन्थिन । सामाजिक परिबेशले बाँधेको थियो । एक मनले महिला बनेर स्वछन्द भएर हिड्न चाहन्थिन । तर सामाजले गर्ने ब्यवहारले आफूलाई रोक्थिन । ‘एक्लै घरमा भएका बेला रुन्थे । आफूले आफैलाई धिकार्थे,’ जेसिकाले भनिन्,‘नाच्नु र गाउनु मेरा बाल्यकालदेखिको रहरले यहाँसम्म ल्याई पु¥यो ।’ तेस्रो लिगी होईन । उनी आफूलाई महिला भन्न बढी रुचाउँछिन ।


जेसिका जति नाच्नमा पोख्त छिन त्यही धेरै गीत गाउँन पनि । अनौठो के भने उनी महिला र पुरुष दुबैको आवाजमा गीत गाउँछिन् । मेला महोत्सवमा उनको माग बढ्न थालेको छ । डान्स, महिला—पुरुषको स्वरमा गीत गाउन सक्नु उनको फरक क्षमता हो । हिन्दी, नेपाली गीतहरु ब्यवसायिक गायकजस्तै मजाले गाउँछिन । ‘भगवानले मलाई फरक क्षमता दिएको छ । महिला पुरुष दुबैको स्वरमा गीत गाउँन सक्छु,’ महिला आवाजमै उनले सुनाईन,‘हाल मेरो माग बढ्न थालेको छ । गीतका लागि पनि अफर आईरहेका छन् ।’ सुरुमा उनले थारु भाषाको गीत गाउने अवसर पाएका थिए । उक्त गीत रुचाइएपछि माग बढेको हो । राजधानी काठमाडौंबाट पनि गीतका लागि अवसर आउन थालेकोमा उनी निकै खुसी छन् । ‘पहिले जतिनै दुःख गरेपनि हाल आएर मेरो सपना पूरा हुन थालेको छ,’ उनले भनिन्,‘अवसरहरु पाउन थालेको छु । आफूलाई त्यसरी नै तयारी पनि गरिरहेको छु ।’


तेस्रो लिगीहरुको हकहितमा काम गर्ने संघसंस्थाहरुको सहयोग पाएपछि उनलाई खुल्न सहज भएको हो । ‘जन्म दिने बुबाआमाले जीवन नाम दिए । कर्मले जेसिका,’ उनले भनिन् । जेसिकको संघर्षपछिको सफलताको प्रचार हुँदै गएपछि सन्चार माध्यमहरुले अन्र्तवार्ता र कुराकानीका लागि बोलाउन थालेका छन् । टेलीभिजन र रेडियोहरुमा उनले संघर्षपछिको सफलता बारे बोलिरहेकी छन् । ‘पहिले अनेकथरी भन्नेहरु प्रसंशा गर्न थालेका छन्,’ उनले भने,‘जेसिकाका नामले चर्चामा आउन सकेकोमा निकै खुसी छु । तर समाजले गर्ने विभेदले भने उनी दिक्क छिन । समाजले हेर्ने देष्टिकोणमा परिवर्तन नहुँदा उनी दुखी छन् ।दस्ततावेजबाट …

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments