Thursday, February 6, 2025
spot_imgspot_img
Homeसमाजशिक्षानेपालगन्जमा बिद्यालय निर्माणमा लापरबाही हुँदा सूचना माग।

नेपालगन्जमा बिद्यालय निर्माणमा लापरबाही हुँदा सूचना माग।

नेपालगन्ज, १८ श्रावण – विद्यालय जस्तो सार्वजनिक स्थानमा निर्माण कार्य गर्दा मनपरी तवरले निर्माण कार्य हुन शुरु भएपछि फुल्टेक्रा माध्यमिक विद्यालयको आठ कोठे निर्माण भवन, माटो पटान तथा शौचालय निर्माण कार्य बारे सूचना माग गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणाद्वारा विधिवत माघ ८ गते आठ कोठे भवन निर्माण गर्न शिलान्यास गरिएको विद्यालयमा शुरु कै दिनमा लालपेटी र पहेलो ईट्टा जगमा प्रयोग भएपछि सुधार गर्न सम्बन्धित पक्ष शिक्षा शाखा प्रमुख तथा विद्यालय व्यवस्थापन समितिलाई सुझाव दिईएको सूचना मागकर्ताको भनाई रहेको छ । तर उक्त कार्यले निरन्तरता पाएपछि सूचना माग गरी के कसरी निर्माण कार्य गरिएको छ बारे जानकारी मागेको सुषमा शुक्लाले बताउनुभयो ।
फुल्टेक्रा माध्यमिक विद्यालयसँग माग गरिएको सूचनामा ‘उपरोक्त सम्बन्धमा म निवेदकलाई संघीय बजेटमार्फत नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखामार्फत सम्झौता गरी वडा नं. ६ मा निर्माणाधिन रहेको फुल्टेक्रा माध्यमिक विद्यालयको तपसिलमा उल्लिखित विवरण, तथ्याङ्क तथा सूचना अध्ययन तथा जानकारीका लागि आवश्यक परेको जानकारी गराउन चाहन्छु । उक्त सूचना नेपालको संविधान २०७२ को धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ र ७ अनुसार ति सूचना तथा जानकारीको प्रमाणित प्रतिलिपि उपलब्ध गराई दिनुहुन यो निवेदन पेश गर्दछु ।’ भनी उल्लेख गरिएको छ ।
यसैगरी ‘विद्यालय निर्माण गर्न बनाईएको ईष्टीमेट, नक्सा आदि ।, हालसम्म विद्यालयमा लगाईएको कुल खर्चको विवरण तथा कुन ठेकेदारसित कति ठेक्कामा निर्णाण कार्य सम्पन्न गर्ने गरिएको सम्झौता तथा हालसम्म उक्त ठेकेदारलाई भुक्तानी गरिएको रकम बराबरको बिल, भौचर, भरपाई आदि ।, विद्यालय निर्माण गर्न गठन गरिएको निर्माण उपभोक्ता समितिका पदाधिकारीहरुको नामावली तथा सम्पर्क नम्बर ।, माटो पटान गर्न दिईएको ठेक्का सम्झौता तथा माटो पटान गर्न उपलब्ध भएको रकम स्रोत तथा कति उपलब्ध गराईएको विवरण । शौचालय निर्माण गर्न प्राप्त भएको १४ लाखको खर्च विवरण तथा उक्त शौचालय निर्माण गर्न ठेक्का सम्झौताको प्रतिलिपि तथा १४ लाख खर्च गरिएको सामाग्री बराबरको बिल भौचर, भरपाई आदि ।, अनुगमन समितिको नामावली तथा उनले निर्माण सम्पन्न के कति भयो त्यसअनुसार गरिएको भुक्तानी आदिको प्रतिवेदन ।, सम्बन्धित निर्माण कार्यमा नेपालगन्ज उपमहानगरपालिकाबाट खटाईएका प्राविधिकहरुको नामावली तथा सम्पर्क नम्बर ।’ सूचनामा उल्लेख गरिएको छ ।
माग गरिएको सूचना फुल्टेक्रा माध्यमिक विद्यालयका शिक्षक रामसुमिरन मिश्रालाई बुझाईएको थियो भने बोधार्थ राष्ट्रिय सूचना आयोग, काठमाडौं, नेपाल, जिल्ला प्रशासन कार्यालय बाँके तथा नेपालगन्ज उपमहानगरपालिका कार्यालय बाँकेलाई बुझाईएको जानकारी गराईन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments