जाजरकोट जिल्ला नलगाड नगरपालिकामा आइतबार कर्मचारी स्वागत एवं बधाई कार्यक्रममा नगरप्रमुख टेक बहादुर रावलले खादा दोसल्ला अवीर द्वारा स्वागत एवं बिदाई कार्यक्रममा कर्मचारी राष्ट्रका खम्बा बताउँदै कार्यक्रममा आफ्ना भनाइ व्यक्त गर्नुभएको थियो।
उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंह नगर उप प्रमुख बाल कुमारी बस्नेत विभिन्न शाखा प्रमुख लगाएत कर्मचारीहरुको उपस्थितिमा भएको कार्यक्रममा जगदुल्ला गाउँपालिका डाेल्पा बाट प्रशासन पाचौं लाल बहादुर खत्री र हुप्सेकोट गाउँपालिका नवलपरासी बाट प्रशासन पाचौं प्रेम बोहरालाई स्वागत गरिएको छ भने प्रशासन पाचौं बिपद ब्यवस्थापन उप शाखा प्रमुख पबित्रा उपाध्यायलाई बिदाई गरिएको थियो।
स्वागत एवं बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रावलले स्थानीयतहमा रहेर गरेको कामलाई उत्साहपुर्बक लिएर सेवाग्राहीहरुलाई मुस्कान सहितको सेवा प्रदान गर्नु कर्मचारीको दायित्व र कर्तव्य भएको र आगामी दिनहरुमा युवा कर्मचारीहरुले धेरै जिम्मेवारीका साथ आफुले पाएको जिम्मेवारी बहन गर्न सुझाव दिनुभयो।देशको सम्पुर्ण जिम्मेवारी युवा र कर्मचारीहरुको भएकोले कांधमा आएको जिम्मेवारी डर र भय रहित तरिकाले नीति र नियम संगत काम गर्ने विस्वास ब्यक्त गर्दै स्थानीय नगरपालिकामा आउनु हुने नयाँ कर्मचारीलाई स्वागत एवं दुई बर्षको समय अवधी बसेर सफलतापुर्बक जिम्मेवारी बहन गरेर अर्को स्थानीय तहमा जाने कर्मचारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको नलगाड नगरपालिका प्रशासन प्रमुख यज्ञ बहादुर खत्रीले जानकारी दिनुभयो।