Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedपार्टीको खोल ओढेर भ्रष्टाचारमा लिप्त भगवती माबिका लेखापाल:बस्नेत

पार्टीको खोल ओढेर भ्रष्टाचारमा लिप्त भगवती माबिका लेखापाल:बस्नेत

बैजनाथ सम्बादाता २२ पौष

बाँके जिल्लाको बैजनाथ गाउँपालिका ८ हसनापुर स्थित बि.स.२०४० सालदेखि संन्चालनमा रहेको श्री भगवती माध्यमिक बिद्यालयका लेखापाल भुपेन्द्र बस्नेतले बिद्यालयको रकम रु २१ लाख ३६ हजार ९ सय ५१ रुपैयाँ कसैलाई थाहा नदिएर भ्रष्टाचार गरेको बदमासी बाहिरिएको छ।तब कुरा बाहिरियो जब उनले कसैलाई पनि टेर्न छाडे बि ब्य सको बैठकमा हिसाबकिताब माग्दा भाग्न थाले यो हिसाब १७ महिना देखिको हिसाब गुपचुप बनाएर ठुलो रकम पचाउने परपन्च रच्न थालेपछि। बि ब्य स अध्यक्ष मोहन सिंह र प्र अ जय सिंह रोकायको सोझोपनको फाइदा उठाउन अग्रसर भए।

उनलाई प्र अ रोकायले रकम जम्मा गर्नु भो भन्दा गरे भन्दै २०-३० हजार गर्दै आफुखुशी कसैलाई जानकारी नै नदिएर बिद्यालयको रकम खर्च गर्न थाले हुँदा हुँदा उनको अति पैसाको लालचले अन्तमा आफैलाई दलदलमा फसाउछ भन्ने पत्तो समेत नपाउदा अन्तमा लाखौं रकम जब उनले तिर्नुपर्ने भयो ।

भगवती बिद्यालयमा करार सेवामा कार्यरत बस्नेतले बिगत १७ महिना देखि बिद्यालयमा विभिन्न शिर्षक बाट संकलन भएको आर्थिक रकम हिनामिना गरेको खुल्नमा आएको छ। प्रारम्भिक अनुसन्धान अनुसार बस्नेतलाई बिज्ञान शिक्षकको रूपमा बिद्यालयमा भर्ना भर्ना गरियो तर शैक्षिक अध्यापन अनुमती पत्र नभएपछी लेखापालको रूपमा स्थानीय बैजनाथ गाउँपालिका बाट राहत करार शिक्षकमा भर्ना गरिएको खुलेको छ। आर्थिक अनियमितता सम्बन्धि बनेको उप समितिको प्रतिबेदन अनुसार बस्नेतले आर्थिक हिनामिना गरेको बि ब्य स समक्ष पेश गर्दै कालो कर्तुत सार्बजनिक गरेको हो।

बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष मोहन सिंह ठकुरीका अनुसार आर्थिक हिसाबकिताब दुरुस्त राख्न पटक पटक अनुरोध गर्दा भोलि देखाउछु भन्ने त्यसपछि करिब एक साता बिद्यालयनै अनुपस्थित हुनुका साथै उनको यस्तो शृङ्खला लामो समयसम्म चल्यो। अध्यक्ष लगाएत बि ब्य स समितिका पदाधिकारीहरुले बैठकमा उक्त आर्थिक सम्बन्धि कुरा निकाल्न साथ मजाक बनाएर हाँसोमै उडाउने गरे ।अन्तत आन्तरिक लेखा परिक्षण गराउन सम्पुर्ण हिसाबकिताब बुझाउन समितिले निर्देशन दियो।
तर पनि आफ्नोकाम जिम्मेवारी पूर  गरेनन् अन्तत शिक्षक वीर बहादुर सिंह ठकुरीको संयोजकत्वमा बनेको तीन जनाको आर्थिक लेखा उप समितिले करिब १५ दिनको छानबिन  पछी बि ब्य स समक्ष पेश गरेको प्रतिबेदनमा लेखापाल बस्नेतले २१ लाख ३६ हजार ९ सय ५१ रुपैयाँ आर्थिक हिनामिना गरेको खुल्नमा छर्लङ्ग भयो। सो रकम बुझाउन लेखापालले  एक महिना समय माग गरेता पनि धेरै समय दिनसक्ने अवस्थामा बि ब्य स नभएको अध्यक्ष सिँह बताउनुहुन्छ कि म मात्र एक्लै केही गर्ने पक्षमा छैन अब जे गर्छ सम्पुर्ण बि ब्य स समितिको बैठक बसेर समय दिने नदिने बारे छलफल गर्ने बताउनु हुन्छ।साथै आफुले कुनै त्यो आर्थिक अबचलमा सहभागी छैन यदि हामीले आर्थिक चलन गरेको पुष्ठि भए सम्पुर्ण बिगो तिर्न तयार भएको बताउनुहुन्छ।

बिद्यालयका प्र अ जय सिंह रोकायका अनुसार लेखापाल बस्नेतले भौचर देखाउने तर संकलन भएको सम्पुर्ण रकम बैकमा जम्मा नगरी ९० हजारमा जम्मा ६० हजार बैकमा जम्मा गर्ने बाँकी ३० हजार बिना जानकारी आफुले चलाउने त्यसै गरेर रकम वृद्धि हुँदै लाखौं पुगेको बताउनु भयो। आफुले एक रुपैयाँ समेत आर्थिक हिनामिना नगरेको यदि चलाएको पाईएमा पद बाट र जागिर दुबैबाट राजीनामा दिने दाबा गर्नुभएको छ।

बैजनाथ ८ का वडा सदस्य एवं बिद्यालयका पदेन सदस्य शुक्र रावतले आफुले आर्थिक दुरुस्त हिसाब मागेपछि बिस्तारै राज खुल्दै आएको हो। रावतको आरोप छ कि शैक्षिक अध्यापन अनुमती नभएकोलाई बिज्ञान विषयको शिक्षक बनाउनु नै गलत थियो। स्थानीय स्तरमा नेकपा एमालेको कार्यकर्ता भएकोले बस्नेतलाई लेखापालको रूपमा स्थानीय सरकारको निर्देशनमा करारमा नियुक्ति दिएर कार्यकर्ता पाल्ने काम गरियो। अब कुनै निश्चित पार्टीले शैक्षिक संस्था चलाउने त हैन त्यसैले अब योग्यताको बारेमा समेत प्रश्न चिन्ह खडा हुन्छ। पहिले वडा अध्यक्ष नै पदेन सदस्य हुनुहुन्थ्यो त्यतिबेला समेत बाहिर नआएको अब आउनुलाई वडा अध्यक्ष माथी पनि प्रश्न आउँछ ?
अब कसैलाई सामुदायको सार्बजनिक सम्पती हिनामिना गर्ने अधिकार छैन चाहे जो सुकै होस दोषीमाथि कार्बाही गर्न पछि नपर्ने रावतले बताउनुभएको छ।
अब हेर्न बाँकी छ के साच्चिकै स्थानीय सरकारले कारबाही अगाडि बढाउछ त ? यसबारे शिक्षा शाखा प्रमुख विश्वराज ढकाल के भन्नुहुन्छ? सम्पुर्ण जवाफदेहि सम्बन्धित बिद्यालय प्र अ बि ब्य स का सम्पुर्ण पदाधिकारी समेतले आर्थिक हिनामिनाको जिम्मेवारी लिनुपर्ने बताउनु हुन्छ। अत्यधिक हिनामिना भए अक्तियारले नै छानबिन गर्छ बिद्यालयको आन्तरिक आर्थिक मामिलामा शिक्षा शाखाको काम कर्तव्य अधिकार बाहिरको कुरा भएको बताउनु हुन्छ।

लेखापाल बस्नेत गुनासो गर्दै भन्छन् गल्ती भएको सत्य हो आफुले केही हिसाब मिलान गर्न सकिन तर यति धेरै आर्थिक रु  २१ लाख नभएर कम हुन सक्ने बताएका छन् । भने आफुले गल्ती गरेको स्वीकार समेत गरेका छन् । साथै आफू शिक्षकमा भर्ना भएर पछि लाईसेन्स नभएको कारण लेखापालमा नियुक्ति गर्दा आर्थिक हिसाबकिताब आफुलाई राम्रोसँग गर्न नजानेका कारण आफू यो आर्थिक हिनामिनाको सिकार भएको र दलदलमा फसेको बताउछन् । अब के साच्चिकै पार्टीले बचाउन सक्ला त बस्नेत लाई ? भ्रष्टाचार गरेको स प्रमाण फेला पर्दा समेत कुनपार्टी होला वा नेता आउँलान त हैन छैन भनेर हेर्न बाँकी छ ?

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments