बैजनाथ/बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ का निर्बाचित वडा अध्यक्ष राम चरन थारु सहित ४ जना ब्राउन सुगर सहित पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय कोहलपुर बाट खटिएको प्रहरी टोलिले बाँके जिल्ला बैजनाथ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राम सरण थारु सहित ४ जना लाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सुरज थारु,सुन्दर थारु र धुर्ब थारु रहेको ईलाका प्रहरि कार्यालय कोहलपुरका डिएसपि रबिन्द्र खनालले जानकारी दिएका छन ।थाल मा राखी सेवन गरिरहेको अबस्थामामा फेला परेको प्रहरीले जनाएको छ ।
तर स्थानीय स्रोतको अनुसार थालमा ठूलो परिणाममा ब्राउन सुगर रहेको र प्रहरी आउन साथ फालेको हुदा परिणाम भने थोरै देखिएको हुन सक्ने स्रोतको दाबि छ । सो परिणाम थोरै देखिएका कारण प्रहरीले नछोडोस भन्ने उनको भनाइ छ ।
वडा अध्यक्षले नै स्थानिय युवा लाई लागू औषधमा प्रोत्साहन गर्ने गरेको र उनी एक साधारण प्रयोगकर्ता मात्र नभइ ब्राउन-सुगर डिलर नै भएको स्थानीयले बताए ।पटक पटक जानकारी दिँदा समेत पक्राउ नगर्न पार्टी समेतको प्रहरी प्रशासनलाई दबाब भएको नाम नखुलाउने सर्तमा स्थानीयले बताए।
राजनीतिक रुपमा शक्तीमा रहेका वडा अध्यक्ष लाई राजनीति दबाबको कारण प्रहरीले कार्बाही नगरे प्रहरी विरुद्ध नै आन्दोलन गरिने एक नेताले नाम नबताउने सर्तमा बताए। साथै स्थानीय युवाहरूलाई समेत कुलतमा फसाएको समेत स्थानीयले आरोप लगाएका छन् ।