Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedनेकपा एस बैजनाथ जनबर्गिय संगठनले पुर्णता पायो।

नेकपा एस बैजनाथ जनबर्गिय संगठनले पुर्णता पायो।

बाँके जिल्लाको बैजनाथ गाउँपालिका ३ बैरहवा स्थित खुल्ला फिल्डमा शनिबार नेकपा एकीकृत समाजवादी बैजनाथ अध्यक्ष काली बहादुर सिंहको अध्यक्षतामा प्रथम गाउँपालिका स्तरीय जनबर्गिय संगठन कमिटीले पुर्णता पाएको छ।

उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादी बैजनाथ कमिटी अध्यक्ष काली बहादुर सिंहको अध्यक्षतामा पोलिट ब्युरो सदस्य पुर्ब मन्त्री दल बहादुर सुनारको प्रमुख अतिथि केन्द्रिय सदस्य अशोक कोइराला र अब्दुल हुसैन खान बाँके जिल्ला सचीव दिपक जि एम क्षेत्र नम्बर ३ सचीव राजु रुचाल युवा संघ बाँके अध्यक्ष राजु तामाङ सचीव सुनिल रसाइली समाजवादी अनेम संघ केन्द्रिय सदस्य मन्जु कोइराला जिल्ला अध्यक्ष नारायणी ओलि प्रदेश कमिटी सदस्य राम कृष्ण बि क मन कुमारी चन्द लगाएत नेता कार्यकर्ताहरुको उपस्थितिमा नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल बैजनाथ अध्यक्षमा दिपक कार्की सहित ३७ सदस्यीय गठन भएको छ ।

अनेम संघ बैजनाथ अध्यक्षमा डिला खत्री १७ सदस्यीय कमिटी चयन भएको छ।त्यस्तैगरि किसान संघ बैजनाथ अध्यक्षमा प्रेम रोकाय लगाएत २१ सदस्यीय कमिटी निर्माण गरियो।आदिवासी जनजाति बैजनाथ अध्यक्षमा छेदराम थारु लगाएत१७ सदस्यीय कमिटी निर्माण गरियो भने नेपाल दलित मुक्ती समाज बैजनाथ अध्यक्षमा सुनिती प्रधान परियार लगाएत ३१ सदस्यीय कमिटी सर्बसहमत चयन गरिएको छ अध्यक्षको जिम्मेवारी आफुले पुर्न रूपमा बहन गर्ने  प्रतिबद्धता जाहेर गर्नुुुभयो।

शनिबार नै पोलिट ब्युरो सदस्य पुर्ब मन्त्री दल बहादुर सुनारले नव निर्वाचन सबै संगठनका पदाधिकारीलाई पार्टीको गोपनियताको सफत ग्रहण गराउनु भएको नेकपा एकीकृत समाजवादी बैजनाथ सचीव एवं युवा महिला नेतृ कन्चन गौतमले बताउनुभयो ।

नेकपा एस पार्टीको बैजनाथ गाउँपालिका स्तरीय जनबर्गिय कमिटीको प्रथम ऐतिहासिक भेलामा उल्लेख्य सहभागीले नेता कार्यकर्ताहरुमा नयाँ जोस जागर नयाँ उमंग भरेको छ भने आगामी स्थानीय निर्वाचनमा पार्टीलाई कसरी चुनावी मैदानमा लैजाने भन्ने बारे घनिभुत छलफल गरिनुका साथै जनस्तरमा नेकपा एकीकृत समाजवादीलाई कसरी बैजनाथको प्रथम पार्टी बनाउने र निर्वाचन बिजय गराएर सरकारको प्रतिनिधित्व नेकपा एकीकृत समाजवादीले गरे मात्र स्थानीय  जनताको सम्पुर्ण अधिकारको सुनिश्चित हुने बारे समेत चुनावी रणनीति तयार गर्न सबै जनबर्गिय संगठनलाई निर्देशन दिएको छ। भने कार्यक्रमको समापन अध्यक्ष काली बहादुर सिंह ले गर्नुभएको थियो। उक्त कार्यक्रमको संचालन सचीव कन्चन गौतमले गर्नुभएको जानकारी युवा नेता अग्गन मल्लले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments