Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedतिक्तता विर्सेर आसन्न निर्वाचनमा जुट्नुपर्ने कांग्रेस नेता:गौतम

तिक्तता विर्सेर आसन्न निर्वाचनमा जुट्नुपर्ने कांग्रेस नेता:गौतम

नेपालगन्ज : नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतमले पार्टीभित्रका सबै तिक्तता विर्सेर आसन्न निर्वाचनमा जुट्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस बाँकेको १४ औं जिल्ला अधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारी, सदस्य र महासमिति सदस्यलाई प्रमाणपत्र वितरण तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री समेत रहेका नेता गौतमले यस्तो बताएका हुन् ।

‘सबैले मिलेर नेपाली कांग्रेस बाँकेलाई नयाँ ठाउँ ठाउँमा, नयाँ उर्जामा पुर्याउनुपर्नेछ,’ उनले भने ‘स्थानीय तहको निर्वाचन घोषणा भइसकेको छ, यही वर्ष प्रदेश र संघीय निर्वाचन गर्नुपर्नेछ, पार्टी भित्रको निर्वाचन र प्रतिस्पर्धालाई स्वभाविक रुपमा लिनुपर्छ, पार्टीभित्रको प्रतिस्पर्धालाई स्वभाविक रुपमा ग्रहण गरेर जानुपर्छ ।’

कम्युनिष्टको बोलीमा कुनै ठेगान नभएको बताए । ‘कम्युनिष्टको बोलीमा ठेगान छैन, बाहिर एउटा कुरा गर्छन, भित्र अर्को कुरा गर्छन्,’ उनले भने ‘जनतामा यति नराम्रो भ्रम फैलाएका छन्, उनीहरु यति सम्म नांगिएका छन्, बाहिर छताछुल्ल भएको छ,’ प्रमुख अतिथी गौतमले भने ।एमसीसी देशका लागि आवश्यक भएकाले कांग्रेसले पास गरेको बताए । कांग्रेसले गलत काम नगरेकाले डराउनुपर्ने अवस्था नरहेको केन्द्रीय सदस्य गौतमको भनाई छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments