बाँके बैजनाथ गाउँपालिका ४ निवासी नेकपा एमालेका युवा नेता एवं समाजसेवी नेत्र बहादुर बमले नेकपा एमालेको तर्फबाट आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा आफू बैजनाथ गाउँपालिका अध्यक्षमा सहयोग गर्न नेकपा एमालेका नेता कार्यकर्ताहरुलाई आफ्नो सामाजिक संन्जाल फेसबुक मार्फत अपिल गर्दै उम्मेदवारी घोषणा गर्नुभएको छ।
नेकपा एमाले पुर्ब नगर कमिटी सदस्य र बाँके क्षेत्र नम्बर ३ ख काे क्षेत्रीय सदस्य र बाँके जिल्ला कमिटी सदस्य समेत रहेका नेत्र बम आगामी स्थानीय निर्वाचनमा नेकपा एमाले पार्टी बाट टिकट नदिए स्वतन्त्र उम्मेदवार बनेर जनता सामु जाने बताउनु हुन्छ।