Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedएमाले परित्याग गरि ७८ जना काङ्ग्रेसमा प्रवेश

एमाले परित्याग गरि ७८ जना काङ्ग्रेसमा प्रवेश

बाँके जिल्लाको बैजनाथ गाउँपालिका स्थित बैरहवामा नेपाली काङ्ग्रेस बैजनाथ गाउँ कमिटीले केन्द्रिय सर्कुलेसन अनुसार `घर घर जाऔं नेपाली कांग्रेस जिताऔं´´ भन्ने मुल नाराका साथ उक्त अभियान अन्तर्गत बैजनाथ-३ नेपाली कांग्रेस वडा सभापती भुमिसरा रानाको सभापतित्वमा भएको  कार्यक्रममा नेकपा एमाले लगायत विभिन्न पार्टी परित्याग गरेर  ७८ जना नेपाली काङ्ग्रेसमा पार्टी प्रवेश गरेकाछ्न।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमिती सदस्य एवं नेपाली काङ्ग्रेस क्षेत्र नम्बर-३ प्रदेश सभा `क´ का प्रतिनिधि पुष्पलाल श्रेष्ठ,जिल्ला कार्यसमिती उप-सभापति गोपाल अधिकारी,बाँके क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति मोहम्मद नकि खाँ,संविधान सभा सदस्य बादसाह कुर्मी,आशा बिक,महासमिति सदस्य मेघराज ओलि,प्रकाश बहादुर शाहि,चन्तराम थारु,निर्मला रोकाया,कपिलदेव शर्मा,टेक बहादुर खड्का महाधिवेशन प्रतिनिधि देव बहादुर खत्री भावना चौधरी,जितेन्द्र जँग शाह प्रदेश सभा `क´ सभापति केशव कुमार शाह  जिल्ला कार्यसमिती सह-सचिव विनोद थारु, क्षेत्र नं.-३ का क्षेत्रीय सचिव ज्ञान बहादुर ओलि, प्रदेश सभा `क´ क्षेत्रीय सचिव निखिल बैगार,गाउँपालिका सभापति देव बहादुर केसि लगायतका नेता कार्यकर्ताहरुको उपस्थितिमा प्रवेश कार्यक्रम भब्यरुपले सम्पन्न भएको छ।

अब नेपाली काङ्ग्रेस नै जनताको पार्टी र देशमा भएका ठुलो परिवर्तनको हिस्सेदार भएकाले अब नेपाली काङ्ग्रेसको विकल्प नभएको प्रमुख अतिथीले बताउनु भयो साथै आवश्यकताका आधारमा पार्टीमा सबैलाई ब्यवस्थापन गरिने समेत बताउनुभएको क्षेत्र नम्बर-३ प्रदेश सभा `क´ क्षेत्रीय सचिव धिरेन्द्र सिंह ठकुरिले जानकारी दिनुभयो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments