नेपालगन्ज/नेकपा एकीकृत समाजवादीको जनबर्गिय संगठन नेपाल दलित मुक्ति संगठन लुम्बिनी प्रदेश अध्यक्ष राम कृष्ण बि क को अध्यक्षतामा बसेको भेला बाट नेपाल दलित मुक्ति संगठन बाँकेले पुर्णता पाएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाल दलित मुक्ति संगठनका केन्द्रिय अध्यक्ष गनेश बि क देउलेलको प्रमुख आतिथ्यमा बिशिस्ट अतिथी नेकपा एकीकृत समाजवादी पोलिटब्युरो सदस्य दल बहादुर सुनार संगठनका केन्द्रीय सचीव प्रदिप सोप केन्द्रिय सदस्य रेशम सुनार पार्टी जिल्ला कमिटी सदस्य उपेन्द्र शाही लगाएतका नेता कार्यकर्ताहरुको उपस्थितिमा नेपाल दलित मुक्ति संगठन कमिटी गठन भएको छ।
केन्द्रिय अध्यक्ष बि क को प्रमुख आतिथ्यमा नेपाल दलित मुक्ति संगठन बाँके जिल्ला अध्यक्ष गौरी बि क बरिस्ठ उपाध्यक्ष भाईलाल सुनार उपाध्यक्ष राजप्प कुमार धोबी सचीव गोपाल सुनार उप सचीव गिता बि क कोषाध्यक्ष लगाएत ३१ सदस्यीय जिल्ला कमिटी सर्बसहमत निर्वाचित गरिएको छ भने केन्द्रिय अध्यक्ष बि क ले नव निर्वाचित कमिटीलाई गोपनियताको सफत ग्रहण गराउनुभएको छ।