दाङ दाङ जिल्लाको लमहीमा नेकपा एकीकृत समाजवादी पार्टीको जनबर्गिय संगठन नेपाल दलित मुक्ति संगठन लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राम कृष्ण बि क को अध्यक्षतामा प्रथम बिस्तारीत बैठक सम्पन्न भएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी पोलिट ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश संयोजक भागवत विस्वासी बिशिस्ट अतिथी
नेकपा एकीकृत समाजवादी पोलिट ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सह संयोजक दल बहादुर सुनार
बिशिस्ट अतिथी नेपाल दलित मुक्ति संगठन केन्द्रिय सदस्य गणेश विश्वकर्मा,छबिराम रसाइली
शारदा स्वर्नकार लगाएत नेता कार्यकर्ताहरुको उपस्थितिमा बैठक सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेको सरकारका प्रमुख रहेका के पि ओलि ले रानी पोखरी दरहरा र राम मन्दिर बनाएर आफुलाई किङ्ग मेकर सोचेर आफ्नै सरकार बर्बाद गर्दै ब्यस्त भए
दलितहरुलाई घर जग्गा छैन र कर्णालीका दुर दराज बस्तीमा पानी छैन। त्यसैले अब नेकपा एकीकृत समाजवादीको आगामी चुनावी नारा “शिक्षा र स्वास्थ्य पुर्ण रूपमा निशुल्क एक घर एक ब्यवसाय” ब्यवसाय गर्न सरकारले लगानी गरिदिने मुल नारा लिएर जनता माझ जाने बताउनुका साथै नेपालमा पुष्पलाल श्रेष्ठले स्थापना गरेको नेकपा एकीकृत समाजवादीले अंगिकार गर्दै अगाडि बडेको नेकपा एस लुम्बिनी प्रदेश संयोजक विस्वासीले बताउनुभयो ।
प्रथम बिस्तारीत बैठक बाट प्रदेश कमिटीले पुर्णता पाएको छ।जसमा अध्यक्ष राम कृष्ण बि क वरिष्ठ उपाध्यक्ष झग बहादुर विश्वकर्मा उपाध्यक्ष राज कुमार बि क प्रहलाद पासी सचीव राम बहादुर बि क उप सचीव तुलसीराम छिपी र डिला परियार कोषाध्यक्ष सुशीला परियार लगाएत ५७ सदस्यीय लुम्बिनी प्रदेश कमिटी चयन भएको छ।
अध्यक्ष बिकले आफुले पाएको जिम्मेवारी आफ्नो दक्षताले भ्याएसम्म पार्टीको हित गरिमा लाई जोगाउन दलित आन्दोलनको रक्षा गर्न सम्पुर्ण दलित सामुदायको हकहितका निमित्त लगाउने प्रतिबद्धता सहित प्रमुख अतिथी लगाएत उपस्थित सम्पुर्ण नेता कार्यकर्ताहरुलाई धन्यवाद दिंदै कार्यक्रमको समापन गर्नुभएको थियो।
कार्यक्रम नेपाल दलित मुक्ति संगठन केन्द्रिय सचिव टंक सुनारले संचालन गर्नुभएको थियो ।