दाङ लमही/नेकपा एकीकृत समाजवादीमा बिगत लामो समयदेखि नेकपा एमालेमा रहेर राजनीति गरेर स्थापित भएर पछिल्लो समयमा नेपाल परिवार दल का रुपन्देही जिल्ला अध्यक्ष गणेश मान बराल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ।
नेकपा एकीकृत समाजवादीको जनबर्गिय संगठन नेपाल दलित मुक्ति संगठन लुम्बिनी प्रदेशको प्रथम प्रदेश स्तरिय बिस्तारीत बैठकमा बराल लाई दोसल्ला ओडाएर नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश संयोजक भागवत बिस्वासी लगाएत नेताहरुले उहाँलाई स्वागत गर्नुभएको हो। आफुले नेकपा एकीकृत समाजवादीको बैचारिक सिद्धान्त मन पराएर आफुले पार्टी प्रवेश गरेको आगामी दिनहरुमा आफुले पाएको जिम्मेवारी पुर्ण रूपमा बहन गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ।