Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedनेपालगन्ज भन्दा पहिला नरैनापुर साक्षर घोषणा

नेपालगन्ज भन्दा पहिला नरैनापुर साक्षर घोषणा

बैजनाथ सम्बादाता
नरैनापुर सोमबार १४ चैत

बाँकेको जिल्लाको सबैभन्दा पिछिडिएको मानिने नरैनापुर गाउँपालिका एक भव्य समारोहकाविच सोमवार साक्षर गाउँपालिका घोषणा गरिएको छ ।
बाँके जिल्लाका कुल ८ स्थानीय तहमध्ये ६ स्थानीय तह यसअघिनै साक्षर घोषणा भैसकेका छन् भने जिल्ला सदरमुकाम नेपालगञ्ज उपमहानगर र संगै जोडिएको डुडुवा गाउँपालिका अझै साक्षर घोषणा गर्न नसकिरहेको अवस्थामा जिल्लाको बिकट मानिने भौगोलिक दुरीलेपनी टाढा रहेको नरैनापुरले आफुलाई जिल्लाको छैंठौ साक्षर पालिका घोषणा गर्दै गर्दा गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले भावुक हुँदै आफ्नो वर्षौदेखिको सपना पुरा भएको बताउनुभयो।
उक्त घोषणा कार्यक्रम महेन्द्र माध्यमिक बिद्यालय मटेहियामा आयोजना उत्साहजनक समारोहमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवले नरैनापुर गाउँपालिकालाई साक्षर घोषणा गर्दै साक्षर गरिएको प्रमाणपत्र पालिका अध्यक्ष शाहलाई हस्तान्तरण गर्नुभयो।
कार्यक्रमको अवसरमा भेला भएका पालिका भरिका प्रधानाध्यापक, शिक्षक, अभिभावक र शिक्षाप्रेमीलाई सम्बोधन गर्दै जिससका प्रमुख श्रीवास्तवले केही समय अघिसम्म हरेक क्षेत्रमा पिछडिएको मानिने यस नरैनापुर गाउँपालिकालाई साक्षर घोषणा गर्न पाउँदा गर्व महसुस भएको बताउनुभयो ।

सो अवसरमा बोल्ने नेकपा एमालेका जिल्ला कमिटि सदस्य सोहन लाल यादव, काँग्रेसबाट वडा नम्बर ३ मा निर्वाचित वडा अध्यक्ष राजकुमार मौर्य लगायतका स्थानीय नेताहरुले पनि स्थानीय सरकारको यो ऐतिहासिक कार्य गरेको बताउँदै आफुहरुको सबैको सहयोग र सदभाव रहेको बताएका बताउनुभएको थियो।
अब देशको कुनैपनि ठाउँमा जाँदा शिर ठाडो पारेर साक्षर पालिकाको नागरिक भन्ने पाउने गौरव हासिल गरेको पनि बताउनुभएको थियो।
गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत भरत बस्नेतले साक्षर घोषणा हुनु यो नरैनापुर गाउँपालिकाका लागि ऐतिहासिक अवसर भएको बताउँदै सहयोग गर्ने सबैलाई बधाई दिनुभयो ।


त्यसैगरी, शिक्षा बिकाश तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादव, वडा नम्बर १ का अध्यक्ष मोल्हे बेहना, २ का अध्यक्ष मसुद अहमद शाह, ४ का अध्यक्ष दिनेशप्रसाद शर्मा, ५ का अध्यक्ष कृष्णचन्द्र मौर्य र ६ का अध्यक्ष बिरेन्द्र पाल सिंह लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा साक्षर बनाउन सहयोग गर्ने पत्रकारहरुलाई कदरपत्र र मायाको चिनो सहित सम्मान पनि गरिएको थियो ।


यसअघि, गाउँपालिकालाई साक्षर बनाउनकालागि पालिकाले ६ वटै वडामा विशेष साक्षर कक्षा सञ्चालन गरेको सो अवसरमा जनाईएको थियो ।
साक्षर गाउँपालिका घोषणा प्रतिवेदन २०७८ वाचन गर्दै गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले नरैनापुरमा ९ हजार ५१८ जना निरक्षरका लागि साक्षरता कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो । गत पुसमै साक्षर गाउँपालिका घोषणा गर्ने तयारी भएपनि प्राविधिक कारणले केही ढिलाइ भएको शिक्षा शाखा प्रमुख थारुले बताउनुभयो ।
बाँकेका स्थानीय तहहरुमा नरैनापुर साक्षर घोषणा गर्ने छैटौं स्थानीय तह हो । बाँकेका आठ वटा स्थानीय तहमध्ये पाँच वटा यसअघि साक्षर घोषणा भैसकेका छन् । कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका,जानकी गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिका साक्षर घोषणा भैसकेका छन् । जिल्ला सदरमुकामको नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका मात्रै साक्षर घोषणा हुन बाँकी रहेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments