Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedनरैनापुरमा १५ सैयाको अस्पताल शिलान्यास

नरैनापुरमा १५ सैयाको अस्पताल शिलान्यास

बैजनाथ सम्बादाता
नरैनापुर सोमबार १४ चैत

बाँके जिल्लाको नरैनापुर गाउँपालिका ४ स्थित जयरामपुर्वामा सोमबार १५ शैयाको अस्पताल शिलान्यास गरेको छ।

अस्पतालको सोमबार जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तब नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सयुक्त रूपमा १५ शैयाको अस्पतालको शिलान्यास गर्नुभएको छ। स्थानीय सरकार निर्वाचन पुर्ब नरैनापुरका स्थानीय नागरिक उपचारका लागि जिल्ला सदरमुकाम नेपालगन्ज र भारतको लखनउमा गएर उपचार गराउने गरेका थिए भने स्थानीय सरकार आए पश्चात नरैनापुत ६ र नरैनापुर ३ स्थित चिकित्सक सहित स्वास्थ्य सेवा शुरु गरि सकेको छ भने स्थानीय नरैनापुरबासि सबैलाई सहज र पाएक पर्ने वडा नम्बर ४ जयरामपुर्वामा अस्पताल निर्माण पश्चात स्थानीय नागरिकलाई जिल्ला सदरमुकाम नेपालगन्ज र भारतको लखनउ महङ्गो शुल्क तिरेर स्वास्थ्य उपचार गर्न जाने बाध्यताको पुर्ण रूपमा निरुपण हुने गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले बताउनुभयो ।


सो १५ सैयाको नरैनापुरको अस्पतालको भवन निर्माण जिम्मेवारी हनुमान कन्स्ट्रक्सन ललितपुरले पाएको छ ।निर्माण कम्पनीका प्रतिनिधिले अस्पताल तोकिएको सम्झौता अनुसारको समय अगाबै हस्तान्तरण गर्ने बताउनुभयो।अस्पतालको २०८० साल असोज १० गते निर्माण सम्पन्न हुने लेखापाल प्रकाश अधिकारीले बताउनुभयो । अस्पताल निर्माणका लागि कुल १६ करोड ९७ लाख ५१ हजार ३ सय ५४ रुपैयाँ ५० पैसामा सम्झौता भएको अधिकारीले जानकारी दिए

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments