नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी बाँकेका नेता प्रमोद धिताललाई जिल्ला सचिवालयको बैठक निर्णयले कारबाही गरेको छ ।
नेकपा एकीकृत समाजबादी बाँकेका सचिव दिपक जिएमले बिहिवार एक सुचना जारी गर्दै रिजाललाई पार्टीबाट कारबाही गरेको जानकारी दिएका छन् ।नेकपा एकीकृत समाजबादीको हितबिपरित पार्टीको नीत र सिद्धान्त बिपरित बिगत केही दिनयता धितालले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत अभिव्यक्ति दिएको र पार्टीले ब्यक्तिगत अभिव्यक्ति सुधार गर्न निर्देशन दिएर सुझाउदा पनि त्यस्ता हरकत पटक पटक दोहोराएको भन्दै नेकपा एकीकृत समाजवादी बाँकेले नेता धिताललाई कार्बाही गरेको उक्त सूचनामा उल्लेख गरिएको छ।
तत्कालीन नेकपा एमाले बाँकेका जिल्ला उप-सचिव रहेका प्रमोद धिताल गत पुस ८ गते नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपाल कोहलपुर आएको बेला समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा नेकपा एमाले विरुद्ध बोल्दै नेकपा एकीकृत समजबादीमा प्रवेश गर्नुभएको धितालले पछिल्लो चरणमा पुनःनेकपा एकीकृत समाजवादीको नीति विधि र सिधाान्त बिपरीत ब्यक्तिगत अभिव्यक्ति दिएको आरोपमा पदमुक्त हुनेलाई धितालको ब्यक्तिगत चरित्र माथी समेत प्रश्न खडा भएको छ। अब के सार्वजनिक अभिव्यक्ति सच्याएर पार्टीमा रहने अथवा आफू अनुकुल नयाँ पार्टीमा जाने हेर्न बाँकी छ।