Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedनेकपा एस द्वारा ५०१ निर्वाचन परिचालन कमिटी निर्माण

नेकपा एस द्वारा ५०१ निर्वाचन परिचालन कमिटी निर्माण

बैज : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीले बिबिहीवार नेकपा एकीकृत समाजवादी  बाँके क्षेत्र नम्बर ३ का अध्यक्ष भद्र प्रसाद देबकोटाको अध्यक्षता र नेकपा एकीकृत समाजवादी पोलिट ब्युरो सदस्य लुम्बिनी प्रदेश सह-संयोजक पुर्बमन्त्री दल बहादुर सुनारको प्रमुख आतिथ्यमा बसेको भेलाले स्थानीय तहको चुनावको लागी ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गरेको छ।

आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनकोलाई मध्यनजर गर्दै नेकपा एस बाँकेले स्थानीय तहमा निर्वाचन परिचालन कमिटी निर्माण गरेको नेकपा एस बाँकेका नेता ऋषि पोखरेलले बताउनुभएको छ।

नेकपा एस क्षेत्र नम्बर ३ ले १५ दिने  निर्वाचन परिचालन क्षेत्रीय, प्रदेश निर्वाचन, गाउँपालिका, वडा कमिटि र टाेलकमिटि गठन तथा पुनर्गठन गरि सम्पुर्ण मतदाताकाे घर आगनमा घरदैलाे कार्यक्रम संचालन गर्ने निर्णय गरेको नेता पोखरेलले बताउनुुुभयो भने उक्त कार्यक्रममा नेकपा एसका नेता लाल बहादुर खत्री, हाेमनाथ सापकाेटा, मन कुमारी चन्द, भगवती शाह लगायतको सहभागीता रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments