बाँकेको बैजनाथमा शनिबार सरकार गठबन्धन घटकदलहरुको नेपाली काङ्ग्रेस बैजनाथको पार्टी कार्यालयमा सत्ता साझेदार दलहरु आगामी स्थानीय निर्वाचनमा कसरी जाने बारे बैठक बस्ने भएको छ।
उक्त बैठकमा नेपाली काङ्ग्रेस नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी लगाएत ५ दलको सयुक्त बैठक बस्ने भएको छ।आसन्न बैशाख ३० लाई तारगेट गरेर निर्वाचनमा गठबन्धन सहित जाने कि एक्लाएक्लै जाने भन्ने बारे छलफल हुने नेपाली काङ्ग्रेस बैजनाथ गाउँपालिका प्रवक्ता गणेश बस्नेतले जानकारी दिनुभयो ।