बाँकेको जनाथ गाउँपालिका ६ लालपुरको गाउँपालिका स्तरीय खेलमैदानमा “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ बैजनाथ गाउँपालिका खेलकुद बिकास समिति संयोजक दिल बहादुर विश्वकर्माको अध्यक्षमा भएको कार्यक्रमा वडा स्तरीय फुटबल प्रतियोगिताको अन्तिम अथवा फाईनल खेलमा बैजनाथ ४ नम्बर वडा र बैजनाथ ६ नम्बर वडा बिच भएको खेलमा कडा प्रतिस्पर्धाका साथ खेलमा अन्तिम फाईनल खेलमा ६ नम्बर वडाले ३-१ अग्रताका साथ बैजनाथ ६ प्रथम अथवा बिजेता भएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथी बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल बिशिस्ट अतिथी उपाध्यक्ष शारदा बिश्वकर्मा अतिथी बैजनाथ ५ का वडा अध्यक्ष मन बहादुर खत्री ६ का वडा अध्यक्ष भद्र बहादुर बस्नेत ४ नम्बर वडा अध्यक्ष काली बहादुर सिंह कार्यपालिका सदस्य गुमान बहादुर दमाई,राम कुमारी गुरुङ,मेघ बहादुर सुनार न्यु हरियाली सामुदायिक बनका अध्यक्ष लाल बहादुर राना न्यु जर्नी युवा क्लबका अध्यक्ष भुपाल पुन लगाएत खेलाडी र स्थानीय दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो।
प्रथम बिजेता समुह बैजनाथ ६ ले नगत रु ५० हजार मेडल ट्रफि प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितीय अथवा उप बिजेता समूह बैजनाथ ४ ले नगत रु ३० हजार मेडल ट्रफि प्रमाणपत्र हात पारेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी रुचालले
यसरी सौहार्दपुर्ण वातावरणमा फुटबल प्रतियोगिता बिबाद रहित सम्पन्न गर्न सफल भएकोमा हार्दिक बधाई ज्ञापन गर्नुका साथै युवाहरूलाई प्रोत्साहन गर्न विभिन्न खेलको माध्यम बाट मात्र सम्भावना भएको त्यतिमात्र नभएर बैजनाथले खेलाडी मात्र नभएर प्रशिक्षक समेत जन्माएकोमा आफुलाई गर्व मगशुस भएको छ जे जसरी जहाँ बाट खेल सम्पन्न गर्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा समापन समारोहका अध्यक्ष एवं बैजनाथ गाउँपालिका खेलकुद बिकास संयोजक दिल बिश्व्कर्माले खेल अवधिभर सहयोग गर्ने स्थानीय जबप्रतिनिधि स्वयंसेवक सुरक्षाकर्मी सन्चारकर्मी र आम जन सामुदायले कार्यक्रम सफल पार्न गर्नुभएको सहयोग प्रती उच्च सम्मान गर्दै कार्यक्रमको समापन गरेको जानकारी बैजनाथ खेलकुद बिकाश समिति सदस्य एवं फुटबल संयोजक अनिल थापाले जानकारी दिनुभयो ।
नकआउटमा खेलाईएको खेल करिब ४ दिन निरन्तर चलेको थियो भने अन्तिम दिनको फुटबल प्रतियोगीता निकै रोमाञ्चक र सौहार्दपुर्न वातावरणमा खेल सम्पन्न भएको एन्फा रेफ्री कृष्ण चन्द ठकुरिले जानकारी दिनुभयो ।