बाँकेको खजुरा गाउँपालिकामा शनिबार नेकपा एकीकृत समाजवादि खजुरा गाउँपालिका वडा नं ४ काे वडा कमिटि शान्ति खत्रिकाे अध्यक्षतामा ६३ सदस्यीय वडा कमिटि गठन गरि निर्वाचन परिचालनकाे शुभारम्भ गरिएको छ।
उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिट ब्युरो सदस्य दल बहादुर सुनारले शनिबार नै कमिटीका सबै पदाधिकारी लगाएत सदस्यहरुलाई पार्टीको गोप्यनियताको सफत ग्रहण गराउनु भएको थियो। सफतग्रहण पछि अध्यक्ष खत्रीले आफुले पाएको जिम्मेवारी पार्टी निर्माण र संगठन बिस्तार गरेर जिम्मेवारी पुर्ण रूपमा निर्वाह गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको थियो।