Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedजातिय छुवाछूत गरि परियारलाई यातना दिने पक्राउ

जातिय छुवाछूत गरि परियारलाई यातना दिने पक्राउ

रामेछाप , १२ वर्षीया नाबालिगकालाई घरभित्र प्रवेश गरेको कारण घरको थाम र दलिनमा २१ घण्टासम्म नाम्लोले बाँ’धेर सिस्नु लगाई कुटपिट गर्ने र उक्त कार्य गर्न उक्साउने एकै परिवारका तीन जना पक्राउलाई प्रहरीले प]क्राउ गरेको छ । गत फागुन ३० गते सोमबार रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरका ६३ वर्षीय शेरबहादुर श्रेष्ठ र उनकी श्रीमती बालकुमारी श्रेष्ठले १२ बर्सिया बालिका सरिता परियारलाई घर भित्र पसी दही चोरेको आरोप लगाइ श्रेष्ठ दम्पतीले २१ घण्टा घरकै दलिन खाँबोमा बाधे सिस्नो पानी लगाइ कुटपिट र यातना दिएका थिए । बालिकालाई बाधे राखेको थाहा पाए पछि बालिका आफन्तले रसि फुकाइदिन आग्रह गर्दा समेत श्रेष्ठले दलितले घरमा पस्दा घर अपवित्र भएको र घर चोख्याउन रुद्री पुजा लगाउन पर्ने भन्दै पैसाको माग गरेका थिए ।

चैत ३० गते करिब ४ बजे देखि १० बजेसम्म पनि बालिकालाई फुकाउन मन्जुर नभए पछि स्थानीय जनप्रतिनिधि र शिक्षकले प्रहरीलाई खबर गरेका थिए । आफ्नो छोरा रोशन श्रेष्ठको उक्साहटमा बाधे राखेको भने पनि सूचना प्राप्त हुन साथ घटना स्थलमा पुगेको प्रहरी टोलीले पीडित नाबालिगकालाई उद्धार गरी घरधनी सेरबहादुर श्रेष्ठलाई भने प्रहरीले घटना स्थलबाटै प]क्राउ गरेको चैत ३० गते नै लगेको थियो ।
पीडितका आफन्तले चैत २ गते बुधबार पीडक शेरबहादुरलाई मात्र प्रतिवादी बनाएर अपहरण तथा शरीर बन्धक कसुर मा जाहेरी दर्ता गराएका थिए । पीडक शेरबहादुर विरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको थियो । श्रेष्ठ]माथि प्रहरीले अनुसन्धान अघि बढाइरहेका बेला पीडितका आफन्तले बालकुमारी र रोशन श्रेष्ठलाई समेत प्रतिवादी बनाएर जातीय छुवाछुत तथा भेदभाव कसुर मा अर्को उजुरी जिल्ला प्रहरी कार्यालय रामेछापमा दर्ता गराएपछि बालकुमारी र रोशनलाई पनि प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई १५ गते मंगलबार मन्थलीस्थित देवकोटा चोकबाट प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्री शङ्कर श्रेष्ठले जानकारी दिए । यस अघि नै पक्राउ परेका शेरबहादुरलाई जिल्ला अदालत रामेछापबाट तीन पटक म्याद थप अनुसन्धान गरिरहेको छ । पक्राउ परेका तीनै जनामाथि अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments