बाँके जिल्लाको नरैनापुर गाउँपालिका ४ नम्बर वडा को कृष्णनगरमा सोमबार भएको आगजनी बाट पीडित घर परिवारलाई स्थानीय सरकारले खाद्यान्न सहित आवश्यक सामाग्री राहत बितरण गरेको छ।
सोमबार भएको आगजनी बाट १६ वटा फुसको घर जलेर पुर्ण रुपमा नस्ट भएका थिए। घर लताकपडा र घर भित्र राखिएको अन्न जलेर नस्ट भएको थियो । आगोलाई नियन्त्रण गर्न गाउँपालिकाको दमकल पुगेर आगो नियन्त्रणमा लिन सफल भएतापनी एउटा बस्तीमा आगो एउटा घर देखि अर्को घर हुँदै केहिबेरमा १६ घर जलेका थिए।मंगलबार बिहान आगलागी पीडितहरुलाई गाउँमै पुगेर स्थानीय नरैनापुर ४ र २ का वडा अध्यक्ष जनप्रतिनिधि र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेत सहित राहत लिएर गाउँ पुगेर आवश्यक खाद्यान्न सहित अति आवश्यक सामाग्री राहत उपलब्ध गराउनुभएको थियो।