बाँकेको नरैनापुर गाउँपालिका:४,कृष्णनगरमा सोमबार आगजनी हुँदा १६ घर जलेर नस्ट भएका छन् ।आगजनी स्थानीय राम उजागर पासिको घर बाट आगजनी शुरुभएको एक अर्का घरमा हावाको बेगसँगै खरको छानो भएका कारण आगो नियन्त्रणमा लिँदासम्म १६ घर जलेका हुन् ।राजितराम धोबी,भगई पासी,रगई पासी,सेवक पासी,शंकर पासी,गोकुल पासी,राम आशिष पासी,कासिराम पासी,मेटिलाल पासी,देशराज पासी,सम सहायक पासी,गोमती पासी,दुलारा पासी,राउडि पासी र पुर्ण पासीको घर जलेर नस्ट भएको प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
आगलागी बाट १६ घर नस्ट भएका छन् भने करिब ५० लाख बराबरको क्षती भएको प्रारम्भिक अनुसन्धानले बताएको छ भने आगलागीलाई गाउँपालिकाको दमकल गएर नियन्त्रणमा लिएको थियो। आग लागिको बारेमा थप अनुसन्धान जारि रहेको भवानियापुर ईलाका प्रहरी प्रमुख वसन्त गौतमले बताउनुभयो।