बाँके जिल्लाको कोहलपुर स्थित ईलाका प्रहरी कार्यालय कोहलपुरको थुनुवा कक्षमा कोहलपुर नगरपालिका १२ निवासी बर्ष ४३ का एक पुरुषको रहस्यमय मृत्युको भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ।
मृत्यु बारे मृतकका आफन्त जनप्रतिनिधि र नेपाल प्रहरी बिच छलफल भैरहेको छ।भेन्टिलेसन झ्यालको सरियामा जाली च्यातेर सरीयामा गम्छा बाधेर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।नागरिकको सुरक्षाको जिम्मेवारी लिएको नेपाल प्रहरीको थुनुवा कक्षमा नै यसरी मृत्यु हुनलाई रहस्यमय हुन सक्ने सम्भावना देखिन्छ।
अब के साच्चिकै यसरी मृत्यु भएको पाईएपछि नागरिकले सुरक्षीत महसुस कसरी गर्न सक्छन् । ईलाका प्रहरी कार्यालय प्रमुख डि एस पि ऐन बहादुर मल्ल माथी नै प्रश्न चिन्ह खडा भएको छ ? अब शान्ती सुरक्षा होला त ?