८ पुस, काठमाडौं । नेपालबाट डिपोर्ट भएका चार्ल्स शोभराजले पेरिसमा गएर क्रिसमस मनाउने बताएका छन् ।
विमानस्थलमा कतारक उड्नुअघि अध्यागमनका कर्मचार र प्रहरीसित उनले पेरिसमा क्रिसमस मनाएर रमाइलो गर्ने बताएका हुन् ।
उनले सञ्चार माध्यमसँग बोल्ने केही कुरा आफूसँग नभएकाले पत्रकारको अघि नपरेको पनि बताएका अध्यागमनका एक कर्मचारीले बताए ।
५० हजार रुपैयाँ जरीवानासहित १० वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट भए पनि उनी खुसी देखिएका थिए । ‘उनी निक्कै खुसी भएर हामीसित बिदा हुँदै हँसिलो मुहारमा विमान चढे,’ अध्यागमनका एक कर्मचारीले भने ।
कतार एयरवेजमार्फत डिपोर्ट भएका उनी साढे ४ घन्टा दोहामा ट्रान्जिट बसेर पेरिस उड्ने छन् । उनी फ्रान्सको समय अनुसार शनिबार बिहान ६:३५ बजे पेरिसमा उत्रने छन् ।
Source: Onlinekhabar.com