Thursday, February 6, 2025
spot_imgspot_img
HomeUncategorizedमायाप्रेमको सिजन चलिरहेछ, फूल, बाचा कसम बिकिरहेछ

मायाप्रेमको सिजन चलिरहेछ, फूल, बाचा कसम बिकिरहेछ

बिशाल बोहरा / साच्चै तिमि प्रेमलाई परिभाषित गर्न चाहन्छौ भने एकपटक आमाको प्रेम लाई सम्झी हेर| तिम्रो पिडा संगै बग्ने आमाको रोदनलाई छोएर हेर, एकपटक आमाको स्पर्स लाइ पुन अंगाली हेर | आमाका हरेक सब्द लाई कल्पी हेर, हेरन अनि भेट्ने छौ, ती गालीमा पनि कति गहिरो ममता लुकेको हुन्छ, हेरन त्यो मौनतामा पनि कति प्रेमका रहस्य लुकेको हुन्छ, हेरन त्यो घुर्कीमा पनि कति सद्भाव झल्केको हुन्छ| हेरन कति स्वार्थ बिहिन हुन्छ| न त्यो दिन भरको काम दगुरधुप अनि अनगिन्ति तनाबले थाकेको शरीर भनेर न त तिमी प्रतिको प्रेममा कमि आउछ, नत झर्को | आफै थला परि पल्टिरहदा पनि तिम्रो चासो रहिरहन्छ, तिम्रो भोक अनि भोजनको चिन्ता रहन्छ, तिम्रो स्वास्थ्यको पर्वाह रहन्छ, तिमि कहाँ गयौ के खायौ जस्ता सामान्य कुरा उनका लागि ठुलो प्रश्न बनिदिन्छ | एक दिन तिमि यात्रामा निस्की हेरन तिमीलाई भन्दा बेसी ती हरेक ममतामय आमाहरुमा छट्पट रहन्छ | एकदिन घर छाडी आमा कतै निस्किदा त्यो घरको खल्लो पन कहिले महसुस गरेका छौ? हेरत कति गहिरो प्रेमका धागाहरुले बाधिएको छ, त्यो कंक्क्रिट बालुवा, सिमेन्टले बनेका निर्जीव घर समेत| मेरा लागि प्रेम अनि आमा दुई पर्यावाची शब्द हुन र मैले तिमीलाई दिन सिकेको प्रेम र मैले चाहेको प्रेम पनि यहि हो|
प्रेम दिवसको शुभकामना ✨✨

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments