Thursday, February 6, 2025
spot_imgspot_img
HomeUncategorizedबैजनाथमा गाउँपालिका स्तरीय महिला संजाल गठन

बैजनाथमा गाउँपालिका स्तरीय महिला संजाल गठन

बाँके:बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायको अध्यक्षता एवं बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको प्रमुख आतिथ्यमा सोमबार बैजनाथ गाउँपालिका स्तरीय महिला संन्जाल गठन गरीएको छ।
उक्त कार्यक्रममा बिशिस्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने अतिथि बैजनाथ गाउँपालिका आर्थिक बिकास समिति संयोजक एवं बैजनाथ ४ का वडा अध्यक्ष प्रेम बहादुर शाही सामाजिक बिकास समिति संयोजक भुमिसरा राना अतिथि भौतिक पुर्बाधार समिति संयोजक एवं बैजनाथ ६ का वडा अध्यक्ष भुपाल पुन मगर न्यायीक समिति सदस्य बिमला सिंह थारु र दिप बहादुर थापा सामाजिक बिकास समिति सदस्य तुलसीराम थारु बैजनाथ ५ का कार्यवाहक वडा अध्यक्ष सिता कुमार सुनार लगाएत बैजनाथ गाउँपालिकाका दलित महिला जनजाति आदिवासी महिला बिपन्न महिला लगाएतको सहभागी रहेको थियो। गाउँपालिका स्तरीय महिलाहरुको भेला द्वारा तपशिल अनुसारका संन्जाल सर्बसहमतीले गठन गरिएको छ।

गाउँपालिका स्तरीय दलित महिला संजाल
अध्यक्ष सोनु सिंह बि क ,उपाध्यक्ष हिमा बि क
बिस्नु सुनार सचीव कोषाध्यक्ष कैलास चमार
भावना सुनार सदस्य ,दिलसरा परियार ,सपना सुनार
पम्फि कुमारी नेपाली ,देबिसरा परियार ,कमला रैदास
,टिका सुनार

गाउँपालिका स्तरीय बिपन्न महिला संजाल
अध्यक्ष साबित्री वलि थारु,उपाध्यक्ष लक्ष्मि उपाध्याय
सचीव चम्फा राना , कोषाध्यक्ष कौशिला बुढा
सदस्य अस्मिता वलि,रुपकला भण्डारी,बिस्नु कुमारी राना,मनिषा थारु ,उमा चन्द,प्रभा कुमारी रावत,तुलसा ज्ञवालि सर्बसहमत बैजनाथ गाउँपालिका स्तरीय बिपन्न महिला संजाल गठन भएको छ।
आदिवासी महिला संजाल
अध्यक्ष आशा खप्तरी ,ललिता थापा उपाध्यक्ष
सबिना थापा सचीव ,को अध्यक्ष दिपा थापा
सदस्यहरु दुलारी थारु,शोभारानि थारु,राधिका थारु
रिमा थारु,जुनि थारु र गिता कुमारी घर्ती सदस्य सहित ११ जनाको गाउँपालिका स्तरीय आदिवासी महिला संजाल गठन भएको छ।
प्रमुख अतिथि शाहीले निर्वाचित संन्जालका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो । विभिन्न लक्षित कार्यक्रमहरुको बजेट लक्षित सामुदायप्रति आवश्यकताका आधारमा प्रत्यक्ष लाभ मिलोस भन्ने उदेश्यका साथ संजाल गठन भएकोले सबैले आ आफ्नो स्थान बाट आवश्यकता पहिचान गरी आगामी बजेट तर्जुमा गर्नमा सहयोग गर्नुहुन अनुरोध गर्दै स्थानीय सरकार गाउँपालिका भित्र बसोबास गर्ने विभिन्न जातजाति धर्म संस्कृति सबैको लागी समान भएको र सधैं स्थानीय जनताको पक्षमा हुने प्रतिबद्धता जाहेर गर्नुभयो ।
अन्तमा सभाध्यक्ष निर्मला रोकायले सर्वसहमत निर्वाचित महिला संजालका सम्पुर्ण पदाधिकारीलाई बधाई ज्ञापन गर्नुभयो । सफलता पुर्बक कार्यक्रममा सहभागी भएकोमा धन्यवाद ब्यक्त गर्नुका साथै जस्तो सुकै परिस्थितिमा समेत स्थानीय सरकार महिलाहरुको पक्षमा हुने प्रतिबद्धताका साथै कार्यक्रम समापन गर्नुभएको महिला तथा बालबालिका शाखाका लक्ष्मी न्यौपानेले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments