Saturday, May 3, 2025
spot_imgspot_img
HomeUncategorizedबैजनाथमा खानेपानी स्वच्छता सम्बन्धि अन्तरक्रिया सम्पन्न

बैजनाथमा खानेपानी स्वच्छता सम्बन्धि अन्तरक्रिया सम्पन्न

बाँके:बैजनाथ गाउँपालिका कार्यबाहक अध्यक्ष निर्मला रोकायको अध्यक्षतामा बुधबार बैजनाथ ५ स्थित रहेको कृष्ण कमल पार्टी प्यालेसको सभाहलमा खानेपानी तथा स्वच्छता सुशासन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
उक्त अन्तरक्रिया कार्यक्रममा बैजनाथ गाउँपालिका १ का वडा अध्यक्ष रुप बहादुर मल्ल २ नम्बर वडा अध्यक्ष राजु रुचाल ३ नम्बर वडा अध्यक्ष निखिल बैगार ४ नम्बर वडा अध्यक्ष प्रेम बहादुर शाही ६ नम्बर वडा अध्यक्ष भुपाल पुन मगर ७ नम्बर वडा अध्यक्ष दिनेश कुमार थारु ८ नम्बर वडा अध्यक्ष भग्गन थारु सामाजिक बिकाश समिति संयोजक भुमिसरा राना बिधायन समिति संयोजक कृष्णा बिश्वकर्मा कार्यपालिका सदस्य रुपा रावत,फरुदिन हलुवाई र कमान सिंह सुनार बैजनाथ गाउँपालिकाका वास फोकल पर्सन धन बहादुर नेपाली लगाएतको उपस्थिति रहेको जनक रावतले जानकारी दिनुभयो ।

वातावरण सरसफाइ तथा स्वच्छता:
खानेपानी,सरसफाइ तथा स्वच्छता सम्बन्धमा ब्यवस्था ऐन २०७८
जलश्रोत उपयोग ऐन २०७८ जलश्रोत उपयोग बिधयक २०७८
जल श्रोत उपयोग कार्यबिधि २०७८ खानेपानी गुणस्तर परिक्षण अनुगमन निर्देशिका
खानेपानी गुणस्तर मापदण्ड नियमन
खानेपानी सुरक्षीत समुदाय घोषणा निर्देशिका
पुर्ण सरसफाइ मार्गदर्शन
वातावरण सरसफाइमा रणनीति योजना आदि बिषयहरुका बारेमा स्थानीय तहमा निर्माण भैरहेका खानेपानी संचालन र नियमन गर्नुका साथै नियमित शुद्ध पानी जनतालाई उपलब्ध गराउने बारे छलफल सम्पन्न भएको थियो।

अन्तरक्रिया कार्यक्रमको सहजीकरण लुमन्तीका निर्देशक सुर्य बहादुर खड्काले गर्नुभएको थियो।कार्यक्रममा बैजनाथमा निर्माण भैरहेका खानेपानीका विद्यमान समस्या र तिनको पहिचान गरी समस्या समाधान गर्ने बारे छलफलमा वडा अध्यक्षहरुले आ आफ्नो धारणा राख्नुभएको थियो।

अन्तमा कार्यक्रमका सभाध्यक्ष निर्मला रोकायले बैजनाथ गाउँपालिकामा रहेको खानेपानी सरसफाइ तथा स्वच्छता समिति प्रमुखको हैसियतले बैजनाथमा संचालनमा रहेका खानेपानी संस्थाहरुले समन्वय बिना खानेपानीको दर निर्धारण गरेको बारे तत्काल सबै संचालनमा रहेका खानेपानी अध्यक्षहरुको सहभागितामा छलफल गरेर शुल्क निर्धारण गर्ने र अत्ती बिपन्न परिवारलाई स्थानीय सरकारले शौलियतमा आवश्यकता अनुसार टाेल अथवा घर घरमा स्वच्छ खानेपानी उपलब्ध गराउने स्थानीय सरकारको उदेश्य भएको बताउनुभयो ।
अन्तमा लुमन्तीका निर्देशक सुर्य बहादुर खड्काले खानेपानी स्वच्छता सम्बन्धि बिधान नियमावली हस्तान्तरण गर्नुभएको फोकल पर्सन धन बहादुर नेपालीले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments