बाँके:बैजनाथ गाउँपालिका ६ निवासी जगत कुमार राना र कविता रानाको बर्ष ५ को छोरा सुनिश्चित रानालाई ब्रेन टुमर भएपछि बैजनाथ ६ का स्थानीय नागरिकहरुले आर्थिक संकलन गरेको नगत रु ५७ हजार ८ सय रुपैयाँ सोमबार बिरामी सुनिश्चितका ठुलो बुवा कर्णप्रीय रानालाई बैजनाथ गाउँपालिका कार्यपालिका सदस्य कमान सिंह सुनारले आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ।
उक्त हस्तान्तरण गरीएको रकम बैजनाथ गाउँपालिका ६ रामपुर टाेल पाल्लागाउँ र सम्झना लगाएत विभिन्न टाेल स्थानीयहरु बाट संकलन गरिएको थियो।
सुनिश्चित राना मगर अचानक अचेत भएपछि असोज ५ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज नर्सिङ होममा उपचार सम्भव नभएपछि बच्चाको अवस्था गम्भिर भएकोले सुबिधा सम्पन्न अस्पतालमा लैजान अस्पतालले रिफर गरेको थियो।
हाल लखनउ ईम्पिरिया न्युरो हस्पिटल लखनउमा बिगत एक महिना १० दिन देखि उपचार भैरहेको आफन्त कर्ण प्रीय रानाले जानकारी दिए।
उपचार गर्दा आफुसँग भएको सबै रकम सकिएको खबर गाउँका अन्य ब्यक्तिहरुले थाहा पाएपछि सुनिश्चित राना बचाउ अभियान संचालन गर्न जनप्रतिनिधि आफन्त छिमेकी लगाएतको सक्रियतामा गाउँलेहरुले सक्दो सहयोग गरेका हुन् ।बुवा जगत र आमा कविताले आफ्नो सन्तानलाई बचाउन आफु र आफन्तहरुसँग भएको रकम सकिएपछि धेरै सहयोगी मनका धनिहरुले सक्दो सहायता गरिदिन अनुरोध गर्नुभएको छ।
लखनउ अस्पतालमा दैनिक २२ हजार भारतीय रुपैयाँ खर्च हुँदै आएको छ अहिलेपनि आईसियुमा भर्ना गरेर राखिएको छ। अप्रेसन गर्न बच्चाको टाउकोमा जमेको पानी पाईप द्वारा खालि गरीरहेको छ। लखनउको बसाइमा पहिला साँसमात्र पुर्याउएको बच्चा अहिले उपचारमा सुधार हुँदै आएको बुवा जगत कुमार रानाले जानकारी दिनुभएको छ।
उहाँका अनुसार बच्चामा धेरै सुधार आएको छ ब्रेनमा पानी जमेको कारण उपचार हुन सकेको छैन ।आर्थिक अभावका कारण थप उपचार सम्भव नभएपछि स्थानीय गाउँ घरमा चन्दा संकलन गरेर सोमबार नगत हस्तान्तरण गरेकोमा राना परिवार भावुक हुँदै यो गाउँलेहरुको सहयोग हामी कदापि बिर्सने छैनौं हामीलाई हौसला मिलेको छ । सबैको माया आशीर्वादले हाम्रो छोरा निको हुन् सकुन् यहि प्राथना गर्दछौं।
आफन्त कर्ण प्रीय रानाले सहयोग गरेकोमा सबै गाउँलेहरुलाई धन्यवाद ब्यक्त गर्दै दु:खद घडिको बेला थप सक्दो सहयोगी भावना भएका महान मनहरुलाई सक्दो सहयोग गरिदिन अनुरोध गर्नुभएको छ।
सहयोग गर्न चाहने ब्यक्तीहरुले बिरामी बालकको
बुवा जगत कुमार रानाको बैंक खातामा सहयोग गरिदिन आग्रह गर्नुभएको छ।