
बाँके:बैजनाथ गाउँपालिका ५ रामपुर पुर्णिमा मेला २०८० को सम्पुर्ण तयारी पुरा भएको आयोजक शिवालय युवा क्लबका अध्यक्ष दिपक कार्कीले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।

परापुर्ब कालदेखि स्वस्फूर्त रूपमा लाग्ने गरेको पौराणिक मेलालाई शिवालय युवा क्लबको आयोजनामा शुक्रवार बेलुका ९:०० बजे बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले उद्वाटण गर्ने आयोजकले जानकारी दिएको छ। मुल समिति संयोजक प्रेम बहादुर थापाले मेलाको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए भने नव दुर्गा भगवती बन उपभोक्ता समिति सह-आयोजक रहेको मेला शुक्रबार राती उद्वाटन गरेर शनिबार दिउँसो सम्म मेला संचालन गरिने छ।
कुल ६४ वटा ब्यापारीक स्टलहरुको मुल्य मुल्यांकनका आधारमा रु ५ सय देखि ५ हजार सम्म तोकिएको छ। फलफुल देखि रेस्टुरेन्ट कपडा र स्थानीय उत्पादनहरुको बिक्री बितरण गरिने छ। बनकटवा दुग्ध उत्पादन सहकारी संस्था लि. द्वारा दुग्ध जन्य पदार्थ बिक्री गरिने आयोजकले जानकारी दिएको छ।
नेपाल प्रहरीलाई सहयोगार्थ स्वस्फूर्त रूपमा ६०-७० जना स्थानीय युवा स्वयंसेवकहरु परिचालन गरिने छ आयोजकले जानकारी दिएको छ।
मेला ब्यवस्थापन गर्न आर्थिक ब्यवस्थापन समिति संयोजक रेशम सुनार ब्यवस्थापन समिति संयोजक दिपक कार्की स्थानीय युवा सुनिल रसाईली,प्रेम बिष्ट लगाएतको उपस्थितिमा बिहिवार पत्रकार सम्मेलन गरेर सम्पुर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ।
बिगत लामो समय देखि स्वस्फूर्त बनखेत मेलाको रूपमा लाग्दै आएको मेला लाई शिवालय युवा क्लब बैजनाथ ५ जि गाउँको शिवालय युवा क्लबको आयोजनामा राष्ट्रिय लोक तथा दोहोरी गायक गोपाल नेपाल जि.एम. लगाएत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ।
उक्त मेला बाट करिब ३ लाख आर्थिक रकल संकलन गरिने र मेला बाट बचेको रकम युवा लक्षित सामाजिक कार्यक्रम गर्नुका साथै शिवालय युवा क्लबको कार्यालय ब्यवस्थापन गरिने आयोजक शिवालय युवा क्लबका सचीव प्रेम बिष्टले जानकारी दिएका छन् ।