Thursday, February 6, 2025
spot_imgspot_img
HomeUncategorizedबैजनाथमा खाद्य अधिकार सम्बन्धि अन्तरक्रिया सम्पन्न

बैजनाथमा खाद्य अधिकार सम्बन्धि अन्तरक्रिया सम्पन्न

बाँके:फियान नेपालको तेस्रो चौथो र पाँचौ फेजको खाद्य अधिकार सवलिकरणको लागी सहजीकरण परियोजना मुल्यांकन टिमले फियान नेपालको खाद्य अधिकार सवलिकरण का लागी सहजीकरण परियोजना मुल्यांकनको क्रममा फियानको कार्यक्षेत्र बैजनाथ गाउँपालिका स्तरीय खाद्य अधिकार संजालको उपस्थितिमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सप्पन्न भएको छ।
उक्त कार्यक्रममा फियान नेपालका बिनोद प्रसाद पान्डे,सुरेश कुमार गौतम परामर्शदाता बिष्णु प्रसाद पौडेल र उत्तम उप्रेती ले फियान नेपालको सहयोगमा बैजनाथ गाउँपालिकामा भएका उपलब्धहरु बारे जानकारी लिनु भएको थियो।
खाद्य अधिकार संजाल बैजनाथका संयोजक एकता शाहले बिगत देखि हालसम्म स्थानीय स्तरमा गरेका उपलब्धि मुलक कार्यको जानकारी गराउनुभएको थियो।बैजनाथ स्तरीय खाद्य अधिकार संजाल सचीव राम कुमार सुनारले संजालको नेतृत्वमा खबरदारी गरेका बिषयबस्तुहरुको बारे प्रतिबेदन प्रस्तुत गर्दै च्यामा २८ घर दाउरेटाल र नौवस्ता जग्गा समस्यामा रहेका किसानहरुको मुद्वा उठान गर्नुका साथै किसान परिचयपत्र बितरण सम्बन्धि स्थानीय बैजनाथ गाउँपालिका बाट बजार अनुगमन गरिनुपर्ने ध्यानाकर्षण पत्र बुझाएको बारे जानकारी दिनुभएको थियो।

स्थानीय सरकारलाई ध्यानाकर्षण गराउने र स्थानीय नागरिकहरुका समस्या सरकार समक्ष पुर्याउने समन्वयमा फियान नेपालले गरेको प्राबिधिक सहयोगले काम गर्न सहज भएको संयोजक एकता शाहले जानकारी दिनुभयो ।
आगामी दिनहरुमा अझै स्थानीय सरकारलाई सशक्त बनाउन स्थानीय स्तरमा सचेतता फैलाउन स्थानीय सरकारको सहयोग अपरिहार्य भएकोले बैजनाथ ५ का किसानले सिक्टा सिंचाईको पानी लिफ्ट गर्न समस्या भएकोले यो मुद्वालाई समेत सशक्त रूपमा उठान गर्ने र किसानहरुको जमिन हराभरा बनाउन स्थानीय सरकारसँग सहकार्य गरेर किसानका समस्या समाधान गर्ने संयोजक एकता शाहले बताउनुभयो ।
फियान नेपालले आगामी दिनहरुमा समेत आवश्यक सहयोग गर्ने फियान नेपालका सुरेश कुमार गौतमले प्रतिबद्धता जाहेर गर्दै छलफलमा उठेका विभिन्न समस्याहरुको मिलेर समाधान गर्ने निष्कर्श सहित छलफल सप्पन्न भएको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments