बाँके:नेपाल पुर्ब पश्चिम यातायात बाँके प्रा.लि.अध्यक्ष धन बहादुर पुन मगरले प्रधान कार्यालय कोहलपुर ११ बाँकेमा आवद्ध भएका विद्युतीय गाडी र यातायात ब्यवसायीलाई फुलमाला दोसल्ला सहित नेपालगन्ज सुर्खेत नेपालगन्ज रुटमा तिन वटा विद्युतीय गाडी शुरु गर्नुभएको छ।
उक्त कार्यक्रममा प्रा.लि.का अध्यक्ष धन बहादुर पुन मगर महासचिव बिजय बहादुर थाहा क्षेत्री वरिष्ठ उपाध्यक्ष चेत बहादुर पुनमगर , विद्युतीय गाडी बिक्रेता बाँकेमा प्रबन्धक
बिकाश बुढाथोकी,मेनेजर दिपेन्द्र श्रेष्ठ यातायात प्रा.लि.का सल्लाहकार दिवाकर ढकाल कार्यालय प्रमुख गणेश प्रसाद शर्मा लगाएत कर्मचारी ब्यवसायीहरुको उपस्थितिमा ११ सिट क्षमता भएको ईभि गाडी बुधबार देखि बिधिवत रूपमा शुचारु भएको छ।
विद्युतिय गाडी बिक्रेता कोहलपुर ईलेक्टि्क भेहिकल ग्रुप प्रा.लि.रामनगर,कोहलपुर बाँकेले विद्युतीय गाडीको खरिदमा एसी फास्ट चार्जर ७ किलोवाटको चार्जर गाडी ब्यवसायीलाई कम्पनीको तर्फबाट निशुल्क उपलब्ध गराएको छ । विद्युतीय गाडीलाई पानीले छोयोभने विद्युतीय गाडीमा जडान भएको सेन्सर गाडी आफै बन्द हुन्छ । पानीमा गुड्न सक्छ कतिसम्म पानीमा चलाउन मिल्ने यदि सेन्सरमा एक थोपा पानी छुने बित्तिकै आफै गाडी बन्द हुन्छ।
नेपाल पुर्ब पश्चिम यातायात बाँके प्रा.लि.ले निकट भविष्यमा नरैनापुरको स्थानीय सरकारसँग समन्वय सहकार्य गरेर छोटि भन्सार कटकुईया देखि अगैया काठमान्डौ रात्री बस शुचारु गर्ने संस्थाको उदेश्य रहेको अध्यक्ष पुनले जानकारी दिनुभयो ।
विद्युतिय गाडी आम नागरिकहरुको लागी यात्रा गर्न आहज र भरपर्दो साधन भएकोले ईन्जिन गाडीको जस्तो धुवा रहित वातावरणमैत्री फ्युलको रकम बचत गर्न सजिलो भएको बिक्रेता विवस बुढाथोकीले जानकारी दिनुभयो ।
नेपालगन्ज सुर्खेत शुचारु गरेपछि आगामी दिनमा संस्थाको आगामी यात्रामा यातायातलाई सहज र सजिलो बनाउन नेपालगन्ज धनगढी महेन्द्रनगर नेपालगन्ज दाङ र जाजरकोट नेपालगन्ज विद्युतीय गाडी चलाउने र मुख्य बजारहरुमा चार्जिङ सेन्टर स्थानपना गरिन प्रालिको लक्ष्य रहेको अध्यक्ष पुनले बताउनुभयो।
प्रा.लिले थप सेवा विस्तार गर्न जाजरकोट डाेल्पा यातायात, मालिका यातायात प्रा लि,महाकाली यातायात महेन्द्रनगर र राप्ती यातायात दाङसंग समन्वय गरेर गाडी संचालन गरिने अध्यक्ष पुनले जानकारी दिनुभयो ।
नेपालगन्ज भुरीगाउँ ताराताल विद्युतीय गाडी संचालन गरिने छ।भे १ ज १३७५ नम्बरको विद्युतीय गाडी छबिलाल बस्नेत
नयाँ अनटेस्ट गाडी राम कुमार चौधरी र शेखर दहित तीन नयाँ सदस्य र तिनवटा गाडी नयाँ ब्यवस्थापन गर्ने योजना रहेको कार्यालय प्रमुख गनेश प्रसाद शर्माले जानकारी दिनुभयो ।