Saturday, May 3, 2025
spot_imgspot_img
Homeबिबिधभ्युटावर माथी हाम्रो टिप्पणी – कोहलपुरको सेतो हाती बन्दै भ्युटावर ः विकास...

भ्युटावर माथी हाम्रो टिप्पणी – कोहलपुरको सेतो हाती बन्दै भ्युटावर ः विकास कि देखावटी लुट ?

कुशल दर्लामी
बाँके ः करिब २०७४ सालदेखि निर्माण सुरु गरिएको कोहलपुर नगरपालिकाको “गौरवको योजना” १० तले भ्युटावर दैनिक स्थानीय जनताको नजरमा एउटा विडम्बनाको प्रतीक बनेको छ ।
सुरुमा “घण्टाघर“, “धरहरा“ हुँदै “भ्युटावर“ नाम दिइएको यो संरचना बहुप्रचारित योजना भए पनि अन्ततः यो न त सुन्दर पर्यटकीय स्थल बन्न सक्यो, न नगरवासीका लागि उपयोगी सार्वजनिक संरचना नै ? अवलोकन खुल्ला गरिएको दुई बर्षको अवधीमा करिब १२ हजार जतिले अवलोकन गरेको प्रवेश रेकर्डमा उल्लेख छ । टावर निर्माण सुरु हुनुअघि नै दुईपटक कार्ययोजना , बिस्तृत योजना प्रतिबेदन बनाएर काम भएको दावी गरेपनि हाल देखा परेको समस्यले हचुवाका भरमा काम भएको स्पष्ट पारेका छन । कमजोर जग, सतहमा चिरा, कमजोर झ्याल र हावाहुरीले फुटेका सिसा, प्रयोगमा आउन नसकेको लिफ्टका कारण थप चिन्ता थपिएको छ ।

भ्युटावरमा लिफ्ट जडान जडान गरिएको भएपनि सञ्चालनमा आउन नसकेको अवस्था छ । खानेपानी, शौचालय, आराम कक्ष, प्राथमिक उपचारजस्ता आधारभूत सेवा संरचना प्रयोगमा आउन नसक्दा टावरको गरिमा माथी प्रश्न गर्ने ठाउँमा झन बढेको छ । यहाँ रहेका शौचालय फोहर, दुर्गन्धित छन । विजुली, खानेपानीको व्यवस्थापन अस्तव्यस्त हुँदा नाटक मञ्चन जस्तो गरेको आरोप लाग्दै आएको छ । निर्माण संरचना अझैसम्म पनि कोहलपुर नगरपालिकाले औपचारिक रूपमा हस्तान्तरणमा लिएको छैन । निर्माण सम्पन्न देखाए पनि कानुनी प्रक्रिया, कार्यपालिकाको निर्णय, नामाकरण सम्बन्धी बिधिसम्मत निर्णय जस्ता आधारभूत कागजातको कार्य पूरा नहुँदा थप समस्य देखिएको छ । यसले भ्युटावरको गुणस्तरीयता मात्र होइन, यसमा नगरपालिका प्रशासनको पारदर्शितामाथि पनि गम्भीर प्रश्न उठाउँछ ?

 

यसको सबैभन्दा विडम्बनापूर्ण पक्ष भनेको यो छ कि नगरपालिकाले लिफ्ट बिग्रिएको, सेवा सुविधा नपुगेको, संरचना अपुरो रहेको अवस्थामै भ्युटावर चढ्नका लागि आगन्तुक दर्शकबाट रु ७५ शुल्क असुल गरिरहेको छ । न कुनै अपांग, जेष्ठ नागरिक, बालबालिका वा विद्यार्थीका लागि छुट छ, लिफ्ट प्रयोग समेतको शुल्क निर्धारण गरेर प्रवेश शुल्क निर्धारण गरेकोमा सेवा सुबिधा बिहिन अवस्थामा समेत रकम असुली भैरहेको छ । यो सीधै जनतालाई लुट्ने काम भएको स्थानीय गुनासो पोख्छन् । योजनाको लागत बढ्दै गएर दशौँ करोड रुपैयाँ खर्च गरियो, त्यो पनि अन्य अत्यावश्यक योजनाको बजेट कटौती गरेर गरिएको छ । अहिले फेरि नगर विकास समितिमार्फत ४ करोड बराबरको नयाँ योजना ल्याउन लागिएको छ, जुन पुनः घडेरी बेचेर उठाइएको जनताको पैसाबाट गरिनेछ । यसरी जनताको जीवनस्तर उकास्ने योजनाको सट्टा, दुई तीन ठुला राजनीतिक दल र तिनका विश्वासिला कार्यकर्ता ठेकेदारहरुको स्वार्थमा योजना केन्द्रित भइरहेका छन्।

सत्तापक्ष र प्रतिपक्ष दुबैले मिलेर योजना बाँडफाँड गर्ने, आ–आफ्ना कार्यकर्तालाई लाभ दिने प्रवृत्तिले जनतामा निराशा छाएको छ । यस्तो अवस्थामा “गौरवको योजना” भन्ने नामले पनि अब जनतालाई आकर्षित गर्न सक्दैन, बरु घृणाको विषय बन्दैछ । कोहलपुरको भ्युटावर आजको दिनमा सस्तो लोकप्रियताको मोह, अनियमितता, अव्यवस्था र नेताहरूको निजी स्वार्थको एउटा ऐना बनेको छ । जनताको चाहना, भावना र करको दुरुपयोग गर्दै गरिने यस्ता योजनालाई सुधार नगरेसम्म स्थानीय विकास केवल भाषण र बजेटमा सीमित हुनेछन ।

अब समय आएको छ  जनताले प्रश्न उठाउनुपर्छ । योजना पारदर्शी, उपयोगी र दिगो बनाउन दबाब दिनुपर्छ । नेतृत्वले जिम्मेवारी लिनु आवश्यक छ । किनभने विकास भनेको देखावटी होइन, जीवनस्तरमा सुधार ल्याउने प्रक्रिया हो । यदि यस्तै चलिरहने हो भने कोहलपुरजस्ता शहरहरूले केवल ढाँचामा मात्रै विकास गरेका कहलिने छन, वास्तविकतामा होइन । स्थानीय  सरकारले योजना बनाउदा दीर्घकालीन बनाउन नसक्नु बलियो र टिकाउ बनाउन नसक्नु राज्यको करोडौं रकम स्वाम हुँदा समेत स्थानीय नागरिकले सुरक्षीत भ्यु टावरमा चड्न सक्ने वातावरण नै छैन। स्थानीय कोहलपुर नगरपालिकाले नगर प्रहरीको ड्युटी नै दिएर टिकट बिक्रि शुरु गरेको भ्यु टावर अहिले हावाहुरीले सिसा फुट्दा यता न उता भएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments