Monday, September 8, 2025
spot_imgspot_img
Homeराष्ट्रियजेनजी आन्दोलनमा घुसपैठ भएको भन्दै युवाहरूलाई सुरक्षित फिर्ता हुन आह्वान

जेनजी आन्दोलनमा घुसपैठ भएको भन्दै युवाहरूलाई सुरक्षित फिर्ता हुन आह्वान

काठमाडौं भदौ २३– राजधानीमा जारी जेनजी आन्दोलनमा केही स्वार्थी समूह र बाह्य तत्वहरूले घुसपैठ गरेको आशङ्का गरिएको छ । यसैकारण, जेनजी नेपालले प्रदर्शनमा सहभागी युवाहरूलाई तत्काल सुरक्षित तरिकाले फिर्ता हुन स्पष्ट आह्वान गरेको छ ।

जेनजी नेपालले आफ्नो फेसबुक पेजमार्फत जारी गरेको सूचनामा भनिएको छ, “हामी सबैलाई अनुरोध छ कि तत्काल सुरक्षित रूपमा प्रदर्शन स्थलबाट बाहिर निस्किनुहोस्। केही घुसपैठ र स्वार्थ प्रेरित समूहहरूले प्रदर्शनलाई उत्तेजित पार्ने प्रयास गरेका छन् । हाम्रो मूल कार्यक्रम सफल भइसकेको छ। यसैले सबैजना घर फर्किएर आफ्नो सुरक्षा सुनिश्चित गर्नुहोस् ।

आन्दोलनका आयोजकहरूले यो कदम प्रदर्शनलाई शान्तिपूर्ण र नियन्त्रणमा राख्नको लागि उठाएको प्रयास भएको उल्लेख गरेका छन् । युवाहरूलाई अनावश्यक जोखिममा नरहन र कुनै पनि अप्रिय घटना नहोस् भन्ने लक्ष्यका साथ यो सूचना जारी गरिएको हो ।

यसअघि जेनजी आन्दोलनले सामाजिक सञ्जालमाथिको सरकारले लगाएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचार विरुद्ध देशव्यापी रूपमा आक्रोश प्रदर्शन गर्दै आएको छ। तर केही समूहहरूको गतिविधिले आन्दोलनलाई राजनीतिक र सामाजिक अस्थिरताको जोखिममा पुर्‍याउन सक्ने खतरा बढेको छ ।

प्रशासन र आन्दोलनका संयोजकहरूबीच समन्वय गर्दै शान्ति र सुरक्षा कायम राख्न प्रयास भइरहेको छ । नागरिकहरूलाई पनि संयम र कानूनको पालना गर्दै आन्दोलनलाई शान्तिपूर्ण बनाउनेमा सहयोग गर्न अपिल गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments