Thursday, October 30, 2025
spot_imgspot_img
Homeसमाजनेपाली महिला क्रिकेट खेलाडीले मलेशियन सुपर वुमन शृङ्खला खेल्ने

नेपाली महिला क्रिकेट खेलाडीले मलेशियन सुपर वुमन शृङ्खला खेल्ने

काठमाण्डौ असोज ४ – नेपाली महिला क्रिकेट खेलाडीले मलेशियन सुपर वुमन शृङ्खला खेल्ने भएको छ । मलेशियन सुपर वुमन शृङ्खला आउँदो सेप्टेम्बर २४ देखि ३० अर्थात् असोज ९ गतेदेखि १४ गतेसम्म मलेशियामा हुनेछ । शृङ्खलामा सेन्ट्रल सुपर गल्र्स, इस्टर्न लायनेस, नर्थन क्वीन्स, साउथर्न जागुअर्स र वेस्टर्न वन्डर वुमन गरी पाँच टोलीहरूको सहभागिता रहने छ ।

नेपाली महिला खेलाडीहरु पाँच वटा फरक फरक टोलीमा समावेश भएर खेल्ने क्रिकेट क्रिकेट सङ्घ ९क्यान०ले जनाएको छ । नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव र टी–२० विश्वकप ग्लोबल छनोट तयारीका लागि यो शृङ्खला महत्त्वपूर्ण हुनेछ । यो शृङ्खलापछि महिला राष्ट्रिय टोलीले अक्टोबर २ देखि ८ तारिखसम्म अर्थात् असोज १६ गतेदेखि २२ गतेसम्म मलेशीयाको राष्ट्रिय टोलीसँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने क्यानले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments