कोहलपुर कार्तिक १४- कोहलपुर उद्योग वाणिज्य संघले कोहलपुर नगरपालिकालाई २५ थान स्टिल दराज हस्तान्तरण गरेको छ । प्रशासनिक कार्यहरू प्रभावकारी र सुव्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ संघले उक्त दराजहरू प्रदान गरेको हो ।
हालैको जेनजी आन्दोलनका क्रममा नगरपालिकाको विभिन्न शाखा र कार्यालयहरूमा रहेका कार्यालय सामग्रीहरू क्षतिग्रस्त भएका थिए । ती सामग्रीको अभावमा सेवा प्रवाहमा कठिनाइ भइरहेको अवस्थामा संघले सहयोगका रूपमा दराज उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।
 संघका पदाधिकारीहरूले शुक्रबार एक औपचारिक कार्यक्रमका बीच नगर प्रमुखलाई दराजहरू हस्तान्तरण गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष प्रदिप भट्टराईले कोहलपुर नगरपालिकासँग उद्योग वाणिज्य संघको आत्मीय सम्बन्ध रहेको र स्थानीय शासन तथा व्यवसायिक समुदायबीचको सहकार्यका लागि संघ सधैं तयार रहने बताए ।
संघका पदाधिकारीहरूले शुक्रबार एक औपचारिक कार्यक्रमका बीच नगर प्रमुखलाई दराजहरू हस्तान्तरण गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष प्रदिप भट्टराईले कोहलपुर नगरपालिकासँग उद्योग वाणिज्य संघको आत्मीय सम्बन्ध रहेको र स्थानीय शासन तथा व्यवसायिक समुदायबीचको सहकार्यका लागि संघ सधैं तयार रहने बताए ।
उनले भने, “नगरपालिका हाम्रो सामूहिक घर हो । यहाँको प्रशासनिक कार्य सहज बनाउन सानो सहयोगका रूपमा दराज उपलब्ध गराएका हौँ । यसले दैनिक सेवा प्रवाहमा केही सहजता ल्याउने आशा गरेको बताए ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेरय पूर्ण प्रसाद आचार्यले संघले देखाएको सहयोग र सद्भावप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निजी क्षेत्रसँग सहकार्यका कार्यक्रमहरू सञ्चालन गरिने बताउदै, मेयर आचार्यले भने “जेनजी आन्दोलनका क्रममा नगरपालिकामा केही भौतिक क्षति पुगेको थियो । उद्योग वाणिज्य संघको यो सहयोगले कामकाजमा सहजता ल्याउनेछ” ।
उनका अनुसार नगरपालिकाले हाल क्षतिग्रस्त सामग्रीको पुनः व्यवस्थापन र पुनर्निर्माणका कामलाई प्राथमिकतामा राखेको छ । संघ, नागरिक समाज, र अन्य संस्थाहरूबाट प्राप्त सहयोगले स्थानीय सरकारलाई थप उत्साहित बनाएको उनले बताए ।
कार्यक्रममा संघका पदाधिकारी, नगर कार्यपालिकाका सदस्यहरू, कर्मचारीहरू र स्थानीय व्यवसायीहरूको उपस्थिति थियो। अन्त्यमा संघका तर्फबाट नगर प्रमुखलाई दराजहरूको प्रतीकात्मक हस्तान्तरण गरिएको थियो ।
संघले यसअघि पनि विभिन्न सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, अस्पताल तथा अन्य सार्वजनिक संस्थाहरूलाई सहयोग गर्दै आएको छ। संघका अनुसार, स्थानीय विकास र सुशासनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले यस प्रकारका सहयोगात्मक पहल भविष्यमा पनि जारी रहनेछन् ।


 
                                    