Monday, December 8, 2025
spot_imgspot_img
Homeस्थानीयकारकाँदो आक्रमण प्रकरणका फरार अभियुक्त विनय भण्डारी धम्बोझीबाट पक्राउ

कारकाँदो आक्रमण प्रकरणका फरार अभियुक्त विनय भण्डारी धम्बोझीबाट पक्राउ

नेपालगन्ज मंसिर ३ – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित सुर्खेत रोडमा एक युवकमाथि आक्रमण गरी फरार रहेका विनय भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लामो समयदेखि फरार रहेका भण्डारीलाई नेपालगन्ज–१ धम्बोझीबाट नियन्त्रणमा लिइएको हो।

गत १३ वैशाखमा भण्डारीसहितको समूहले एक व्यक्तिलाई नियन्त्रणमा लिएर कुटपिट गरेको घटनामा उनी मुख्य फरार अभियुक्त रहेका प्रहरीले जनाएको छ। पक्राउपछि भण्डारीमाथि ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए।

अनुसन्धानका क्रममा भण्डारीविरुद्ध यसअघि पनि विभिन्न तीनवटा मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ। त्यसमध्ये २०७३ फागुन २४ गते बाँकेमै सवारी ज्यान कसुर सम्बन्धी मुद्दा समेत दर्ता भएको खुलेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments