जाजरकोट, जाजरकोटमा प्रकृतिको कुचिकारका रुपमा रहेको गिद्धको गणना गरिएको छ ।
![](https://kusenews.com/wp-content/uploads/2020/09/gidda.jpg)
जाजरकोटको नलगाड नगरपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिका र बारेकोट गाउँपालिका र कुशे गाउँपालिकामा एक महिना लगाएर गणना गरिएको पंक्षी संरक्षण आजीवन सदस्य तथा बारेकोट गा पाका प्रमुख प्रशासकिय अधिकृत गोविन्दबहादुर सिंहले जानकारी दिए । गिद्धका सँगै गुँडको गणना समेत गरिएको थियो ।जिल्लामा विश्वमा दुर्लभ मानिने सुन गिद्ध चार, सेतो गिद्ध छ, हिमाली गिद्ध ७६, हाडफोर गिद्ध आठ र राज गिद्ध दुई वटा फेला परेको छ ।
यसै गरी सुन गिद्धका एउटा, सेतो गिद्धका तीन वटा, हिमाली गिद्धका ३३ वटा, हाडफोर गिद्धका तीन वटा गुँड भेटिएएको छ भने राज गिद्धको गुँड नभेटिएको सिंहले जानकारी दिए । उनका अनुसार करीब एक महिना लगाएर गणना गरिएको थियो ।