Thursday, February 6, 2025
spot_imgspot_img
Homeस्थानीयसस्थामा आर्थिक अनियमितता गर्नेलाई बचाउ हैन बर्स्खास्त गर्छौ अध्यक्ष के सि

सस्थामा आर्थिक अनियमितता गर्नेलाई बचाउ हैन बर्स्खास्त गर्छौ अध्यक्ष के सि

बैजनाथ सम्बादाता
आईतवार २२ भाद्र

बाँके जिल्लाको बैजनाथ गाउँपालिका स्थित एभरेस्ट कृषि सहकारी सस्था लि.बैजनाथ ६ का प्रबन्धक सन्चालक माधब रिजालले आर्थिक हिनामिना गरेको आरोपमा आइतबार सहकारीका संस्थापक सदस्य डम्मर रावत लगाएतका स्थानीय युवाहरूले यस्तो अनैतिक कार्य गर्ने प्रबन्धकलाई तुरुन्त कार्बाही गरेर बर्खास्त गर्नु पर्ने सस्थाका अध्यक्ष देब बहादुर के सि समक्ष माग राखेका छन् ।
प्रबन्धक रिजालको नाममा गत आर्थिक बर्ष असार मसान्तसम्मको हिसाब मध्ये रु ६ लाख ८० हजार बेरुजु आएपछी तत्काल सन्चालक समितिको निर्णय अनुसार उक्त रकम प्रबन्धक रिजाल नाममा आएको बेरुजु रकम ब्याज सहित असुल गर्ने निर्णय भए पश्चात उक्त बुझाउन मन्जुर भएपछि प्रबन्धक रिजाल लाई आफ्नो दैनिकी कार्यालयको काम गरेर गर्न रिन चुक्ता गर्ने तमसुक गरियो।तर यस आर्थिक बर्षको असार मसान्तसम्म सम्म कुनै ब्याज न सांवा बुझाउनुको बदला अझै यस असार मसान्तसम्म कुल ११ लाख यस बर्षको बेरुजु असार मसान्तसम्म देखिएपछी। गल्ती गर्दै जाने तमसुक गरेर सन्चालक समितिले ढाकछोप गर्दै जाने गरेपछि सस्था धरापमा पर्छ त्यसैले बर्खास्त को अर्को बिकल्प नभएको सदस्यहरुको भनाइ छ।

एभरेस्ट कृषि सहकारी सस्थाका अध्यक्ष देब बहादुर के सि भने यो बर्ष को बेरुजु बारे आफुलाई कुनै लिखित वा मौखिक जवाफ नपाए पछि सस्थाको हित बिपरित काम गर्ने कसैलाई पनि छुट छैन त्यसैले अब निलम्बन वा बर्खास्त को विकल्प नभएको बताउछन् ।आइतबार बसेको सन्चालक समितिको बैठकले लिखित स्पष्टीकरण माग्ने सन्तोषजनक नभए सस्थाको सम्पती ब्यक्तिलाभका लागी प्रयोग गरेर हिनामिना गरेकोमा आरोपमा प्रबन्धकलाइ राजीनामा माग गर्ने यदि राजिनामा नदिएको खण्डमा सस्थाको बिधान अनुसार बर्खास्त या निलम्बन गर्ने सदस्यहरुलाई आश्वासन दिएका छन् ।

लामो समय देखी संगै रहेर काम गरेका अध्यक्ष देब बहादुर के सि को परम मित्र प्रबन्धक माधब रिजाल भएकोले अध्यक्ष प्रबन्धकको बचाउमा लाग्न सक्ने भएकोले अब प्रमाण सहित आर्थिक हिनामिना गरेको आरोपमा तुरुन्त बर्खास्त गरेर कार्बाही गरे मात्र सस्थाको सम्पती सुरक्षीत हुने नत्र भने आज एउटा कर्मचारीले हिनामिना गर्ने भोली अर्कोले हिनामिना गरेर सस्थाको सम्पत्तिमाथी खेलवाड गर्ने अधिकार कसैलाई नभएकोले १ हजार सेयर सदस्यहरुको भलाइ र सस्थाको हितको लागी भएपनी प्रबन्धक रिजालले राजीनामा दिनुपर्ने एभरेष्ट कृषि सहकारी का सस्थापक सदस्य डम्मर रावतले बताए ।
यदि अध्यक्ष के सि नै प्रबन्धकलाई बचाउमा लागे भने आज ५ जना सदस्यहरुले प्रश्न गरेर बिरोध गरेका छौ भोलिका दिनहरुमा १ हजार सदस्यहरु मैदानमा उत्रिए भने अध्यक्ष लाई आफुलाई बचाउ समेत गर्न नसक्ने स्थितिमा पुग्न सक्ने सम्भावना देखिन्छ ।
२५ जना सेयर सदस्य बाट हाल १ हजार पुर्याउने ब्यवस्थापक देखी लिएर २ लाख ५० हजार सेयर रकल लाई करोडौंमा परिणन गर्ने अध्यक्ष ब्यवस्थापक बिच ठुलो दरार नभएर दुबै जनाले सस्थाको बारेमा सोच्न जरुरी छ !
अर्को सोच्न बाध्य बनाउने ब्यवस्थापकको कार्यसैली होस चाहे अन्य कर्मचारी या फेरी सन्चालक समिती नै कोइ कसैले सस्थाको हित बिपरित काम गरेर आर्थिक हिनामिना गर्ने छुट कसैलाई छैन !
बाँके जिल्लाको इतिहासमा सहकारी अभियन्ताकै सहकारीमा चुर्लुम आर्थिक हिनामिना हुँदा बेखबर सन्चालक !

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments