Thursday, February 6, 2025
spot_imgspot_img
HomeUncategorizedन्यायाधीशको राजीनामा नाजायज :नेपाल

न्यायाधीशको राजीनामा नाजायज :नेपाल

काठमाडौँ,कार्तिक ११ गते । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने कुरा नाजायज र अनुचित भएको बताएका छन् । न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको पनि उनले बताए ।

समाजवादी प्रेस संगठनले आज (बिहीबार) कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले न्यायपालिकालाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने बताए । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामाको आवाज उठिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनःस्थापनाको आदेश दिने सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका थिए ।

त्यसबारे टिप्पणी गर्दै नेपालले भने, ‘उहाँ (केपी शर्मा ओली)ले आफ्नो रिस साँध्नका लागि सबैलाई निकाल्नु पर्छ भन्दै जुन ढंगले भूमिका खेल्नुभएको छ, उहाँको अत्यन्तै अनुचित हस्तक्षेपकारी, देशका सबै सिस्टमलाई भत्काउने प्रवृत्तिकै उपज हो ।’

ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउने कुरा नाजायज र अनुचित बताउँदै नेता नेपालले ओली साराथोक बिगारेको आरोप लगाए । न्यायपालिकालाई अनावश्यक रुपमा लान्छना लगाउने काम ओलीले गर्दै आएको भन्दै न्यापालिकालाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments