Thursday, February 6, 2025
spot_imgspot_img
HomeUncategorizedनिरुको लागि न्याय खोज्दै कालिकोटमा:सरु सुनार

निरुको लागि न्याय खोज्दै कालिकोटमा:सरु सुनार

कालिकोट

कर्णाली प्रदेशको कालिकोट जिल्लामा गत भदौ २८ गते मृत अवस्थामा एउटा लास फेला पर्यो जुन निरु बिकको बलात्कार पछि हत्या भएको दुई महिना बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसक्ने प्रशासनलाई दबाब स्वरुप बिहिवार निरु बि कको न्यायको लागि दलित अभियन्ता दलित महिला संगठन नेपालका अध्यक्ष सरु सुनार राजधानी बाट नेपालगन्ज हुँदै कालिकोटमा धरणा  तथा बिरोध कार्यक्रम गर्न पुग्नुभएको हो।

सरु सुनार दलित समुदायको हक हितका लागि एउटा बुलन्द आवाज हो झनै दलित महिलाहरुको हकमा  कलम चलाउने एउटा खोज पत्रकारिता शसक्त महिला हुनुहुन्छ। करिब दुई महिना बितिसक्दा समेत एउटा हत्यारा पता लगाउन नसक्ने लाचार प्रशासनको बिरोध समेत गरिएको थियो।
सरु सुनार भन्नुहुन्छ:यो देशमा यसैगरी हत्यारा र बलात्कारीहरु उम्कदै जाने हो भने कति चेली निरु झै मारिनु पर्ने हो?
कालिकोटमा निरु बिकको हत्यारालाई सार्बजनिक र कारवाहिको माग गर्दै आन्दोलनको नेतृत्व गरेकी सुनार कालिकोट पुग्नु अगाडि नै न्याय पाउने पहुँचमा छ कालिकोट जस्ले हाल कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने मुख्यमन्त्री महेन्द्र बहादुर शाही कालिकोट बाट निर्बाचित समेत भएको जिल्लाको हरीबिजोग भएको भन्दै न्याय खोज्न कहाँ जाने भनेर सरकार लाई प्रश्न समेत गर्नुभएको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments