Thursday, February 6, 2025
spot_imgspot_img
HomeUncategorizedबाल आश्रमलाई सहयोग हस्तान्तरण

बाल आश्रमलाई सहयोग हस्तान्तरण

बाँके जिल्लाको बैजनाथ ३ मा संन्चालित हाम्रो सभ्यताको घर (बाल आश्रम)लाई अजय सुनारको नेतृत्वमा शनिबार आर्थिक संस्थाका अध्यक्ष गनेश बिष्ट लाई सहयोग हस्तान्तरण गर्नुभएको छ।
उक्त सभ्यताको घरमा हाल ५ जना बालकहरुलाई बस्ने खाने ब्यवस्थापन सहित बिमल मानव,वसन्त मानव,शिशिर मानव,शन्देस खत्री र सन्दीप खत्री लाई खाना बस्न सहित अध्ययन अध्यापन गराउने जिम्मा लिएको छ भने कार्यक्रममा संस्थाका उपाध्यक्ष सुबास जि एम सचिब उर्मिला बुढाक्षेत्री सदस्य प्रबिन बुढा समाजसेवी एवं संन्चारकर्मी दिनेश श्रेष्ठ बैजनाथ राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक दिपक राई लगाएतको उपस्थिति रहेको थियो भने आगामी दिन देखि आफू र आफ्नो संस्थाले यी ५ साना नानीबाबुहरुलाई आवश्यक कापी कलम र स्कुल झोला उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्नु भएको छ।आगामी दिनहरुमा आवश्यक सहयोग निरन्तर गर्ने अजय सुनार र दिनेश श्रेष्ठले प्रतिबद्धता जाहेर गर्नुभएको छ।
यसरी सभ्यताको घर संन्चालन गर्न साहै गाह्राे छ।जन्मदिनको अवसरमा सहयोग गर्ने दाताहरुको सहयोग बाट नै हाल सम्म संन्चालन गर्न सहज भएको छ।बैजनाथको स्थानीय सरकारले उपलब्ध गराएको दुईवटा कोठा सम्पुर्ण ब्यवस्थापन गरेका छौँ आवश्यकता अनुसार सार्बजनिक जग्गा ब्यवस्थापन गरिदिन समेत पहल गरेका छौँ । जति सहयोग संकलन हुन्छ सबै हामीले बैंक मार्फत चेक द्वारा भुक्तानी गर्ने गरेका छौँ ।अध्यक्ष बिष्टले अझै यसरी सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरेका गर्नुभएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments