Thursday, February 6, 2025
spot_imgspot_img
HomeUncategorizedमाओवादी केन्द्र बैजनाथको अध्यक्षमा विश्वकर्मा सचीवमा कार्की

माओवादी केन्द्र बैजनाथको अध्यक्षमा विश्वकर्मा सचीवमा कार्की

बैजनाथ सम्बादाता/नेपाल कम्नियुष्ट पाटी माओवादी केन्द्र बैजनाथ गाउँपालिकको अध्यक्षमा जय बहादुर विश्ववकर्मा (प्रदीप) र सचिवमा मिरा कार्की निर्वाचित भएका छ्न । माओवादी केन्द्र बैजानाथको दोस्रो सम्मेलन बाट विश्वकर्माको अध्यक्षतामा ४९ सदस्यीय कार्यसमिति चयन गरिएको छ।
समितिको उपाध्यक्षमा चक्र मिलन चन्द,कृष्ण बहादुर घर्तीमगर र मोहम्मद समिन इद्रीसी सचिवमा मिरा कार्की कोषाध्यक्षमा हुर्मत शर्मा सहसचिवमा दिनेश थारु निर्वाचित भएका छ्न । नवनिर्वाचित पदाधिकारीलाई सोमबार सपथ ग्रहण गराइएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा बाँके क्षेत्र न ३ कि इन्चार्ज पार्वती पुन उषाले सपथ ग्रहण गराएकी हुन ।
उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य दिपेन्द्र शाह युगान्त,नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा बैजनाथ गाउँ पालिका इन्चार्ज नरेन्द्र पान्डे जेम्स नेकपा माओवादी केन्द्र बाँके जिल्ला सचिवालय सदस्य दलसिंह नाथ योगी सुन्दर जिल्ला सदस्य देब बहादुर रावत लगायत नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

नवनिर्वाचित कमिटीलाई शुभकामना दिँदै नि बर्तमान अध्यक्ष देब बहादुर रावत आफुले धेरै कडा मेहनतका साथ बैजनाथमा दोब्बर भन्दा धेरै पार्टी सदस्य बनाउन सफल भएर पार्टीलाई एउटा उचाईमा पुर्याएर हस्तान्तरण गरेको छु आगामी दिनमा कहाँ के कसरी मैले सहयोग गरेर पार्टी निर्माण हुन्छ त्यो काम गर्न सधैं सहयोग गर्ने प्रतिबद्धता गर्दै सबैलाई शुभकामना व्यक्त गरेका थिए।कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य पार्बती पुन उषाले आगामी निर्वाचनमा अन्य कोइ पार्टीको सहयोग र सहकार्य बिना एकल बहुमत ल्याउन सम्पुर्ण पार्टी कमिटी लाग्न सुझावका साथै नवनिर्वाचित पदाधिकारी लगाएत सम्पुर्णलाई शुभकामना ब्यक्त गरेकी थिइन। सफत ग्रहण कार्यक्रममा नवनियुक्त अध्यक्ष प्रदिपले पार्टीको संगठनलाई मजबुत गराउदै संगठन बिस्तारको कामलाई द्रुतगतिमा अगाडि बढाएर आगामी निर्वाचनमा बिजय गराउन आफू र आफ्नो लागि पर्ने प्रतिबद्धता जाहेरको नवनिर्वाचित सचीव मिरा कार्कीले जानकारी दिईन।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments