कोहलपुर १९ पुस
बाँकेको बैजनाथ गाउँपालिका वडा न ५ मा खाद्य अधिकार ,सवाल पहिचान तथा सवाल दस्तावेजिकरण सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । फियान/ स्थानीय खाद्य अधिकार संजाल बैजनाथको आयोजना मा भएको सो कार्यक्रम खाद्य अधिकार ,खाद्यमा पहुँच , खाद्य प्रायाप्तता ,दिगोपना,लगायतका विषयमा बृहत अन्तरक्रिया गरिएको थियोे । बाँच्न पाउने अधिकार खाद्य अधिकार लाई मुख्य विषय वस्तु राखिएको सो कार्यक्रममा फियान नेपालका सुरेश गौतमले सहजीकरण गरेका थिए । स्थानीय खाद्य अधिकार संन्जाल बैजनाथकी अध्यक्ष एकता शाहको अध्यक्षता सम्पन्न भएको सो कार्यक्रममा २० जनाको सहभागिता रहेको थियोे ।