Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedचौथो बाँसगढी नगर मेयरकप रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

चौथो बाँसगढी नगर मेयरकप रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

कोहलपुर १९ पुस
बाँसगढी नगर स्तरीय चौंथो मेयरकप रनिङ शिल्ड तथा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलाडी छनौट प्रतियोगिता आइतबारदेखि बर्दियाको ककौरा नगरपालिका स्तरीय खेलकुद मैदानमा सुरु भएको छ ।

प्रतियोगिताको लुम्बिनी प्रदेश सांसद कविराम थारुले उदघाट्न गरेका थिए । उदघाटन सत्रमा बोल्दै सांसद थारुले खेलकुद स्वास्थका अति आवश्यक रहेको बताउदै बालबालिकाहरु लाई सैद्धान्तिक ज्ञान संगै खेलकुद विकासमा जोड दिनुपर्ने बताएका छ्न । त्यस्तै बांँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीले नगर स्तरीय मेयर कप प्रतियोगिताले राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग गर्ने बताउदै नगरपालिकाले खेलकुदको क्षेत्रमा बिबिध गतिविधि संचालन गर्दै आएको बताए । बालज्योती एकेडेमीको व्यवस्थापनमा संचालन गरिएको सो प्रतियोगितामा एथलेटिक्स ,भलिबल ,कराते,लङजम्प , हाइजम्प लगायतका प्रतियोगिता संचालन भैरहेका छ्न । कतिपय एथलेटिक्स तर्फका खेलहरु फाइनल भएका छ्न । पुस २२ गते सम्म संचालन हुने सो प्रतियोगितामा बाँसगढी नगरपालिका भित्रका २७ वटा विद्यालयहरु खेलाडी विद्यार्थीहरुले सहभागीता जनाएका छ्न ।

 

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments